विश्वकप फुटबलको ड्र सार्वजनिक

विश्वकप फुटबलको ड्र सार्वजनिक

एजेन्सी । युरोपका दुई ठुला राष्ट्र स्पेन र पोर्चुगल आगामी बर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको समूह चरणमै भिड्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च सस्था फिफाले रुसको राजधानी मस्कोमा शुक्रबार राति निकालेको समूह चरणको ड्र मा स्पेन र पोर्चुगल एकै समूहमा परेका छन् ।

सार्वजनिक ड्र अनुसार क्रिष्टियानो रोनाल्डोको टोलि पोर्चुगल र स्पेन समूह बि मा परेको छ । समूह बिमा पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान रहेका छन् । यस्तै साबिकको विजेता जर्मनी समूह एफ मा परेको छ । समूह चरणमा जर्मनीले स्विडेन, मेक्सिको र दक्षिण कोरियाको सामना गर्ने छन् ।

सन् २०१८ मा हुने विश्वकपमा पाँच पटकको बिजेता ब्राजिल समूह ई मा परेको छ । नेयमार रहेको ब्राजिलको समूहमा स्विजरल्याण्ड, कोष्टारिका र सर्बिया परेका छन् । विश्व फुटबलका स्टार लियोनल मेस्सीको टिम अर्जे्न्टिना समूह डीमा परेको छ । अर्जे्न्टिनाले आइल्याण्ड, क्रोएसिया र नाइजेरियाको सामना गर्ने छन् ।

घरेलु मैदानमा हुने विश्वकपमा आयोजक रुस भने समूह ए मा परेको छ । समूह ए मा रुससँगै उरुग्वे, इजिप्ट र साउदी अरेबिया रहेका छन् । यस्तै समूह सीमा फ्रान्स,अष्ट्रेलिया, पेरु र डेनमार्क रहदा समूह जी मा बेल्जियम, इंग्ल्यान्ड,पानामा र ट्युनिसिया रहेका छन् । त्यस्तै समूह एचमा पोल्याण्ड, सेनेगेल, कोलम्बिया र जापान रहेका छन् ।

फिफाले छनोट भएका ३२ राष्ट्रलाई ४ पटमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो ।  आगामी जुन १४ देखि जुलाई १८ सम्म हुने २१ औँ विश्वकपको लागि यो पटक  युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन्  । त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए ।

समूह विभाजन :
समूह ए – रुस, उरुग्वे, इजिप्ट, साउदी अरबिया
समूह बि – पोर्चुगल, स्पेन, इरान, मोरक्को
समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी – अर्जे्न्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया
समूह ई – ब्राजिल , स्विजरल्याण्ड, कोष्टारिका, सर्बिया
समूह एफ – जर्मनी , मेक्सिको, स्विडेन, साउथ कोरिया
समूह जी – बेल्जीयम, इंग्ल्यान्ड, ट्युनिसिया, पानामा
समूह एच – पोल्याण्ड, सेनेगेल, कोलम्बिया, जापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्