अर्जेन्टिनाका स्टार फुटबलर मेस्सीको प्रतिमा तोडफोड

अर्जेन्टिनाका स्टार फुटबलर मेस्सीको प्रतिमा तोडफोड

एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । राजधानी  ब्युनेस एयरसमा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मेस्सीको धातुबाट निर्माण गरिएको प्रतिमा तोडफोड गरेर भुइँमा लडाएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार मेस्सीको प्रतिमाको खुट्टा भागबाट काटेर भुइँमा लडाईएको छ ।

गत बर्षको जुनमा अनावरण गरिएको मेस्सीको प्रतिमा दोस्रोपटक तोडफोड भएको हो । तोडफोड कसले गर्यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको अर्जेन्टिनाका संचारमाद्यमलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

मेस्सीले अर्जेन्टिनालाई अर्को बर्ष रुसमा हुने विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । गत अक्टोबरमा भएको विश्वकप छनोटको अन्तिम खेलमा इक्वेडरमाथी जित निकाल्दै अर्जेन्टिना विश्वकपमा छनोट भएको थियो । इक्वेडरविरुद्धको जित्नैपर्ने खेलमा मेस्सीले ह्याट्रिक गरेका थिए । तर, पछिल्लो समय अर्जेन्टिनाका लागि ठुला ट्रफी दिलाउन नसकेको भन्दै मेस्सीको अलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्