नेपालद्वारा युएईलाई २२२ रनको लक्ष्य पेश , शरदले बनाए अविजित ८१ रन

नेपालद्वारा युएईलाई २२२ रनको लक्ष्य पेश , शरदले बनाए अविजित ८१ रन

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ ।युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रनको योगफल बनायो ।नेपालका शरद भेषावकरले ८१ रनको सर्बाधिक अविजित पारी खेले, जसको सहयोगमा नेपालले सम्मानित योगफल बनायो । तेस्रो नम्बरमा ब्याटिङमा आएका भेषावकरले ९५ बल खेलेर ५ चौका प्रहार गरे ।

बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्