प्रहरी ईन्चार्जद्धारा महिला म्यादी प्रहरीलाई दुर्व्यवहार, ३ घन्टासम्म कार्यालय घेराउ (भिडीयो सहित )

प्रहरी ईन्चार्जद्धारा महिला म्यादी प्रहरीलाई दुर्व्यवहार, ३ घन्टासम्म कार्यालय घेराउ (भिडीयो सहित )

प्रेम देवान , विराटनगर २३ मंसिर । ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्व्य गाली गलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरेको छन् । मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको प्रहरी चौकीका ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र असभ्य भाषा गर्दै गाली गलौज गरेको उनीहरुले आरोप लगाएका छन् । म्यादी प्रहरी माथी नेपाल प्रहरीले ज्यादती गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवा ३ घन्टा सम्म घेराउ गर्न पुगे ।

उनीहरुले बिना काममा तथानाम गाली गलोज गर्दै पिट्ने सम्म गरेको भनी केही बेर ईलाका प्रहरी कार्यलय नेमुवा उनीले घेराउ गरी कारबाहीको माग गर्दै आन्दोन सम्ोत गरेका थिए । ‘विहानै देखी भोक – भोकै चुनावमा खटेर बेलुकी आएपछि नेमुवा प्रहरी चौकीको मेचमा अत्यन्तै भीड र खाना नभएका कारण बाहीर होटलमा खाना खान जादै गर्दा सही कोईरालाले बोल्न नै नहुने अपशब्द प्रयोग गरेको पिडीत म्यादी प्रहरी बर्षा सुबेदीले आवर विराटनगर डट नेटसँग भनिन् ।’ ‘हामीलाई डिउटीमा लैजादाँ चाही गाडीमा हालेर लगे तर फर्कने बेलामा चाही राती ट्याक्टर रिजाब गरेर आउनुपर्यो ।’ ‘आँउद मेचमा खाना पनि थिएन अनि हामी बाहीर खाना खान जान लाग्दा सहीसापले त कहाँ गएकी थिईस..बोका खोजेर आएको हो त... .. पो रहिछे जस्ता बोल्न नै नहुने शब्दले गाली गरेको पिडीत सुबेदीले आवर विराटनगर डटसँग रुदै भनिन् । उनले रुदै बोलेको ती अपशब्दहरु भिडीयोमा पनि हेर्न सक्नुहुने छ ।

नेमुवा प्रहरी चौकीमा रहदाँ महिला म्यादी प्रहरीको कोठामा कपडा फेरीरहेको बेला सिधै प्रवेश गर्ने कहिले राती ३ बजे नै उठेर भाटा समेत हान्ने गरेको अर्की एक पिडीत महिला म्यादी प्रहरी जुनिका चौधरीले आँखा भरी आँशु पुछ्दै आफ्नो गुनासो पोखिन् । पिडीत चौधरीले भनिन् – यहाँको सहिसापले बाहिर होटलमा गएर खाने अनि यहाँ लजमा सुत्न आउने तिमीहरु त, र.....पो हौकी सम्मको गाली गरेको उनले रुदै भनिन् । ‘हामीले कुनै गल्ती नै गरेका छैनौ, तर पनि यहाँको सहिसापले आफूलाई यसरी तथानाम गाली गरेको बताईन् । सहिले गाली गरेको सुन्न नसकेर चौधरी भक्कानिदै आफ्नो व्यार्था सुनाईरहेकी थिइन् । नेमुवका प्रहरीले नै राती रक्सी खादै आएर म्यादी प्रहरीहरुलाई तङ्ग गर्ने गरेको पनि उनले बताईन् । ‘हाम्रा महिला म्यादी प्रहरी माथी बर्दी लगाएको प्रहरी ईन्र्चाजबाट दुव्र्यबाहार भएको छ, यसरी एउटा प्रहरीले प्रहरी माथी नै दुव्र्यवहार गर्ने सहिलाई तुरुन्त कारबाही हुनुपर्छ अर्का एक म्यादी प्रहरी जगरनाथ रायले आक्रोस पोखे । ‘हामीले ईलाका प्रहरी कार्यलय रानीमा लिखित उजुरी दिएका छौँ ।’ ‘अब भोली जिल्ला प्रहरी कार्यलयमा पनि निवेदन दिनेछौ कारबाही हुनुपर्छ भनी ।’ यति कारबाही नभए हामी मानवअधिकार र अदालत सम्म जाने उनीहरुले चेतावनी दिए । उता ईलाका प्रहरी कार्यलय नेमुवाका ईन्चार्ज टंक प्रसाद कोईरालाले भने ‘मबाट चाही कुनै गल्ती भएको छैन, ‘यदि मेरो प्रहरी युनिटबाट चाही कुनै गल्ती भए एक्सक्यूइज ।

’ करिब ३ घन्टा सम्म भएको आन्दोलन साम्य पार्नको लागी रानी गणबाट चुनाव अवधीभरी आएका डिएपी लक्ष्मी अधिकारीले भने अब तपाईहरुलाई जागिर जागिर दिने को हो ? जिल्ला प्रहरी कार्यलय अब यसको समाधान पनि जिल्ला प्रहरी मोरङले नै गर्छ भनेर आन्दोलनमा उत्रिएका म्यादी प्रहरीलाई बल्ल साम्य पारे । यता जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले भने ‘यो बिषयमा म कहाँ जानकारी आएको छैन, आए पछि के हो अनुसन्धान गरी छानविन गर्ने आवर विराटनगरलाई बताए । कुनै पनि प्रहरीले यस्तो गल्ती गर्न पाउदैन खास कुरा के हो यथाशिग्र चाडो भन्दा चाडो पत्ता लागई छानविन गरी कारबाही गर्ने एसपी विसीले बताए ।

https://www.youtube.com/watch?v=hkiq7KeW6RY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्