विराट कोहली नायिका अनुष्का शर्मासँग वैवाहिक बन्धनमा बाधिए

विराट कोहली नायिका अनुष्का शर्मासँग वैवाहिक बन्धनमा बाधिए

एजेन्सी  । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वैवाहिक बन्धनमा बाधिएका छन् । भारतीय क्रिकेट कप्तान कोहली बलिउड नायिका अनुष्का शर्मासँग वैवाहिक बन्धनमा बाधिएका हुन् ।

कप्तान कोहली र नायिका शर्माले सोमबार इटालीमा विवाह गरेका छन्

। कप्तान कोहली र नायिका शर्माले लामो समयबाट रहदै आएको प्रेमलाई बैवाहिक रुप दिएका हुन् ।  विवाहका लागि भनेर कोहली र शर्माको परिवार इटाली पुगेका थिए ।

विवाहपछि कप्तान कोहली र नायिका शर्माले सोसियल साइट ट्वीटरबाट एक अर्काको लागि सधै मायामा रहने उल्लेखको सन्देश ट्विट गरेका छन् । दुवैले आ आफ्नो फरक फरक ह्यान्डलबाट लेखेका छन, “आज हामीले एक अर्काको लागी सधै मायामा रहने प्रतिज्ञा गरेका छौ, यो समाचार सम्प्रेषण गर्न पाउँदा हामीले आशिष पाएका छाँै । हाम्रो परिवारको माया, समर्थकको साथले यो सुन्दर दिन बिशेष रह्यो । यो हाम्रो यात्रामा एक महत्वपूर्ण भाग बन्नु भएकोमा धन्यवाद ।”

विवाहमा नजिकका आफन्तहरुलाई मात्र निम्ता गरिएको भारतीय मिडियाहरुले जनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार दुवैले आफन्तहरुको लागि डिसेम्वर २१ मा नयाँ दिल्लीमा रिसेप्सन पार्टी दिनेछन् । त्यस्तै क्रिकेटर र बलिउडकर्मीका लागि डिसेम्वर २६ मा मुम्बईमा रिसेप्सन दिने बताइएको छ ।

विवाहकै लागि कप्तान कोहली यसै साता श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेटमा मैदान उत्रिएनन । उक्त खेलमा श्रीले भारतलाई ७ विकेटले पराजित गरेको थियो । २९ बर्षिय कोहली र शर्मा सन् २०१३ बाट प्रेममा रहेका थिए । उनीहरुको भेट एक स्याम्पुको विज्ञापनको सुटिङको दौरान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्