एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो ।थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक रहृयो ।

दोस्रो ओभरमा ओपनर कुशल मल्ल खाता नखोली आउट भएपछि आएका सुवार आयरले २२ रन जोडे । अर्का ओपनर राजन मगर दुर्भाग्यपूर्वक रनआउटको शिकार हुँदा नेपालले ५.३ ओभरमा २१ रनमात्र जोडेको थियो ।

त्यसपछि आएका कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । ७९ बल खेलेर उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दाशले १९ र सुनील भण्डारीले १५ रन नेपालको खातामा जोडे ।

सातौं नम्बरमा ब्याटिङमा आएका नारायण जोशीले विष्फोटक पारी खेल्दै नेपाललाई सम्मानित योगफलमा पुर्‍याए । जोशी २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रनमा अविजित रहे । प्रतिश जोशी पनि १० रनमा अविजित रहे ।

१८४ रनको विजयलक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१.५ ओभरमा ११२ रनमै समेटिएपछि नेपालको ७१ रनको शानदार जित सम्भव भयो । सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले सर्बाधिक ३१ रन बनाए । अर्नभ राधवाले सिंगापुरका लागि २१ रन बनाए ।

सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३/३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले एक एक विकेट लिए । सिंगापुरका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

प्रतियोगिताको समूह चरणमा थाइल्याण्ड, हङकङ र म्यानमारलाई हराउँदै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेेको नेपालले मलेसियालाई हराउँदै फाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्