जोगबनी बोर्डरमा भारतको राष्ट्रिय जनता दलका कार्यकर्ताद्धारा केहीबेर अबरोध

जोगबनी बोर्डरमा भारतको राष्ट्रिय जनता दलका कार्यकर्ताद्धारा केहीबेर अबरोध

विराटनगर ६ पौष । भारतको जोगबनीमा जनता दलका कार्यकर्ताले बालुवा–गिट्टी संकटको विरुद्धमा बिहारमा बन्दको आह्वान गरेसंगै नेपाल भारतको सिमा नाकामा केही बेर अबरोध भएको छ ।

भारतको लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलले बालुवा–गिट्टी संकटको विरुद्धमा आज बन्द आव्हान गरेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

बिहानै देखि जनता दलका कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । राष्ट्रिय जनता दलका कार्यकर्ताले जोगवनीमा आज विहानै सडकमा टायर बाली पसलहरु बन्द गराएका छन् । कतिपय ठाउँमा प्रहरीले प्रदर्शनकारीलाई तितर वितर पारेको छ ।

जनता दलका कार्यकर्ताले प्रदर्शनका क्रममा लालु यादवको पक्षमा र नितिशकुमारको विरुद्धमा नाराबाजी गरेका छन् । बन्दको कारण बिहारको रेलसेवा पनि बन्द भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्