रानी प्रहरीका ईन्सपेक्टरको आँखा अवैध तस्करी लाईन तिर, एकैदिनमा ६ तस्कर पक्राउ

रानी प्रहरीका ईन्सपेक्टरको आँखा अवैध तस्करी लाईन तिर, एकैदिनमा ६ तस्कर पक्राउ

प्रेम देवान, विराटनगर १२ पुष । प्रतिबन्धित भारतीय नोट सहित रानी प्रहरीले विभिन्न तस्करीमा सलग्न ६ जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय रानी विराटनगरको टोलीले प्रतिबन्धित भारतीय नोट, भन्सार छलि ल्याएको होमियो प्याथिक औषधी र चाईनामा बने बेल्चा सहित तस्करीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

मोरङको कटहरी गाउँपालिका ३ का ३८ वर्षीय कैजुम महम्मदलाई विराटनगर १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट मंगलबार साँझ पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौला (ईन्सपेक्टर ) का अनुसार मंगलबार साँझ भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर खानतलासी गर्दा कैजुमको साथबाट भारतीय नोट बरामद भएको हो । महम्मदको साथबाट दुई हजार दरका ३१ वटा र पाँच सय दरका ७६ वटा भारतीय नोट फेला पारिएको ईन्सपेक्टर निरौलाले जानकारी दिए । पक्राउ गरिएका कैजुमलाई आज (बुधबार )आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुलचोक ललितपुर पठाइएको छ ।

प्रहरीका अनुसार दुई हजार दरको नोट नेपाल ल्याउन पाइँदैन । पाँच सय दरको नोट ल्याउन पाइए पनि त्यसको स्रोत खुलाउनुपर्छ । पाँच सय दरको नोटको स्रोत खुलाउन नसकेपछि र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले एक महिना अघि मंसिर ११ गते चार लाख ५० हजार रुपैयाँ प्रतिबन्धित भारतीय नोट सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । अवैध भारतीय नोट नियन्त्रण गर्न र नेपालतर्फ भित्राउन नदिन प्रहरीको विशेष टोली परिचालन गरेर सीमा क्षेत्रमा निगरानी बढाउन थालिएको छ ।

यसैगरी सीमावर्ती क्षेत्रमा हुने “तस्करी नियन्त्रण अभियान” अन्तरगर्त रानी प्रहरीले भारतबाट अवैध रुपले लुकाई छिपाई ल्याएको औषधी, बेल्चा, लत्ताकपडा तथा खाधान्नसहित पाँच जना र भारतीय रुपैयासहित एक जना गरी जम्मा ६ जनालाई पक्राउ गरेको छ ।

भारतबाट भन्सार छलेर लुकाई छिपाई ल्याएको १ लाख ७५ हजार ८ सय ६५ रुपैया मूल्य बराबरको औषधी तथा अन्य समानसहित मोरङ सुन्दर(हरैचा नगरपालिका १० बस्ने सुस्मीता राई र सम्झना मगरलाई पक्राउ गरेको छ । त्यसैगरी चाईनामा बनेको बेल्चा सहित प्रहरीले भारत अररिया बस्ने अजय गिरी, किशन गिरी र जितेन्द्र गिरी पक्राउ गरेको छ । बरामद सामानसहित उनीहरुलाई आवश्यक कारवाहीकालागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्