विराटनगरका अधिकांश हार्डवेयर पसलद्वारा सिमेन्टको कृत्रिम अभाव सृजना

<span class='c1'>विराटनगरका अधिकांश हार्डवेयर पसलद्वारा</span> <span class='c2'>सिमेन्टको कृत्रिम अभाव सृजना</span>

विराटनगर । सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा ९२५ देखि ९५० सम्ममा बिक्री भइरहेको छ ।

सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर पसलले सिमेन्टको कृत्रिम अभाव सृजना गरेका छन् । मूल्य स्थिर भएपछि यतिखेर मारुती सीमेन्ट, तेज लगायतका सिमेन्ट प्रतिबोरा ९३० मा बिक्री भइरहेको छ । प्रतिबोरामा ३० सम्ममा मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

त्यस्तै, फलामे छडको मूल्यमा समेत वृद्धि भएको छ । अधिकांश छड उत्पादन गर्ने उद्योगले प्रतिकिलो ११ सम्म वृद्धि गरेका छन् । अहिले हुलास र जगदम्बा लगायतको छड प्रतिकिलो ८१ मा बिक्री भइरहेको छ भने हामा उद्योगको छड प्रतिकिलो ८६ रुपैयाँ ५० प्रसामा बिक्री भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्