बिराटनगर वारियार्स बन्यो इपिएल च्याम्पियन ,१ रनले जित्यो ट्रफी

बिराटनगर वारियार्स बन्यो इपिएल च्याम्पियन ,१ रनले जित्यो ट्रफी

बिराटनगर पुस १५ , बिराटनगर वारियार्स एभरेस्ट प्रिमियर लिग (इपिएल) को    २०१७ को बिजेता बनेको छ । फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको थियो  । अन्तिम बल सम्म पुगेको खेलमा बिराटनगर वारियार्सले १ रनले बिजयी हुन पुगेको थियो ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । विराटनगरका लागि ओपनर अंशुमन रथले ४१ तथा कप्तान पारस खड्काले २७ रन जोडे । त्यस्तै अनिल कुमार साहले २२, प्रनित थापा मगरले १४ तथा बाबर हायातले ११ रन बनाए । भैरहवाका हरीशंकर साह र कृष्ण कार्कीले समान २ – २ विकेट लिएका थिए ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर अपराजित रहदै इपिएल जित्न सफल भएको हो । बिराटनगरका लागि कप्तान पारस खड्काले ३ विकेट लिएका थिए ।भैरहवा ग्लाडिएटर्सका कप्तान सरद भेस्वाकरले सर्वाधिक ५२ रन बनाएका थिए ।

इपिएल क्रिकेटको विजेता बिराटनगर वारियार्सले २१ लाख पाउने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्