“मेरो जीवन कै ठुलो उपलब्धी हो इपिएलमा बिराटनगरलाई जिताउनु” – महेश रिजाल

“मेरो जीवन कै ठुलो उपलब्धी हो इपिएलमा  बिराटनगरलाई जिताउनु” – महेश रिजाल

बिबेक दाहाल, बिराटनगर , पुस १५ , त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ ।  विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हराएको हो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाएको छ ।

बिराटनगरलाई प्रतियोगितामा अपराजित यात्राको जित दिलाउन कप्तान पारस खड्काको साथ साथै बिराटनगर वारियार्सका प्रमुख प्रशिक्षक महेश रिजालको पनि ठुलो भूमिका रहेको थियो । उनि बिराटनगरका स्थानीय पनि हुन् , यस हिसाबले पनि बिराटनगरको यो जित उनको लागि बिशेष रहयो ।

मोरंग जिल्लाका मुख्य प्रशिक्षक पनि रहेका रिजालले नेपाल कै ठुलो क्रिकेट प्रतियोगितामा उनको टिमलाई जित दिलाउन सफल भए । आवर बिराटनगर डट नेटसंग कुरा गर्दै उनले यो जित उनको करियर कै ठुलो उपलब्धी रहेको बताए । "पारसले  कप्तानको रुपमा देखाएको सुझबुझ र टिमले धैर्यता नगुमाएको कारण टिमले जित हासिल गर्न सफल भयो " उनले थपे । यस किसिमका ठुला प्रतियोगिताले नेपालका युवा खेलाडीहरुले धेरै सिक्ने मौका पाएको र आफू कहाँ पुग्नु पर्ने रहेछ भन्ने जान्ने मौका पनि पाएका उनले सुनाए । यस प्रकारका प्रतियोगिता अझ धेरै हुन सके नेपाली क्रिकेटलाई धेरै माथि पुर्याउन सकिने उनले आशा व्यक्त गरे ।

इपिएल क्रिकेटको विजेता बिराटनगर वारियार्सले २१ लाख पुरस्कार पाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्