कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताद्धारा बिक्री वितरण बन्द

कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताद्धारा बिक्री वितरण बन्द

विराटनगर २० पुष । कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताहरुले खाना पकाउने ग्यास सिलिण्डरको बिक्री वितरण बुधबार देखि बन्द गराएका छन् ।
बिक्रीवापत पाउने कमिशन रकम वृद्धिको माग ग्यास बिक्रेताहरुले ग्यासको कारोबार पुर्णरुपमा विराटनगरमा बन्द गरेका हुन् ।

बिक्रेताहरुले कमिशन बृद्धिको माग गर्दै आ–आफ्ना पसल बन्द गरेर पसलको चावी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएको ग्यास विक्रेता महासंघ नेपालले जनाएको छ । ग्यास उद्योगहरुले विक्रेताहरुलाई विगत १५ वर्षदेखि कमिशनको रकममा वृद्धि नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । विराटनगरका ग्यांस बिक्रेता बिकास दाहालले कमिशन बृद्धि नगरिएकाले ब्यवसाय गर्न समस्या भएपछि बिक्रीवितरण अबरुद्ध गर्न आफुहरु बाध्य भएको बताए ।कमिशन बृद्धिको माग गर्दै विक्रेताहरुले आन्दोलन थाल्ने हल्ला चलेपछि विगत ३ चारदिन देखिनै विराटनगर नगरक्षेत्रमा ग्यांसको कित्रिम अभाव सृजना भएको थियो । विक्री वितरण ठप्प पारिएपछि आम उपभोक्ता समस्यामा परेका छन् । बिक्रेताहरुले प्रतिसिलिण्डर ३५ रुपैयाँ कमिशन पाउँदै आएका छन् । कमिसनको रकम बढाउन माग गर्दा सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको विक्रेताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्