ड्राेन, थ्रिडि प्रिन्टर र मिरा मिराजसहित दुइ दिने ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ सम्पन्न

ड्राेन, थ्रिडि प्रिन्टर र मिरा मिराजसहित दुइ दिने ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ सम्पन्न

प्रेम देवान

विराटनगर २२ पुष । विराटनगरमा दुई दिने ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ अभियानको दोस्रो कार्यक्रम अन्र्तगत दुई दिने प्रर्दशनी भएको छ । विराटनगरमा पुष २१ र २२ गते विराटनगरको आरोहण गुरुकुलको प्राङगणमा ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ प्रर्दशनीमा राखिएको थियो ।

‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को प्रर्दशनीमा एउटै मञ्चमा एकीकृत भएर डिजिटल उत्पादन, इन्टरनेटसंग सम्बन्धित सामग्रीहरू (आईओटी), कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक कलाको पृष्ठ प्रकाशमा समाजको वरिपरि पछिल्ला प्राविधिक विकासहरू कसरी सम्भव भइरहेका छन् भन्ने विषयलाई मध्यनजगर गर्दै प्रदर्शनी गरिएको थियो ।

इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालजस्ता गैरनाफामूलक संस्थाहरू र यसका प्रतिनिधिहरूले सामूहिक रूपमा सुरुवात गरेको सिर्जनात्मक सोच हो मन्त्र । नेपाललाई प्राविधिक क्षेत्रको एउटा हबको रुपमा विकास गर्दै यहीँ पर्याप्त रोजगारीको अवसर सृजना गर्ने उद्देश्य राखेर दृढतापूर्वक कार्यरत स्थानीय प्राविधिक संघसंस्था र कम्पनीहरूले गरेका समकालीन प्रभावशाली कामहरू प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनी कार्यक्रममा प्रदर्शकहरूले आफ्ना उत्पादन तथा अवधारणाहरू प्रदर्शन गरेका थिए । जसअन्र्तगत मण्डला नाटक समूहको मोबाइल थिएटर बस, थ्रीडी प्रिन्टर मेसिन, सीएनसी मेसिनहरू, ड्रोनहरू, रोबोटहरू, औद्योगिक यन्त्रहरू, रकेट र राइट दाजुभाइले बनाएको प्राचीन उडान यन्त्रको झल्को दिने बिना इन्जिनका ग्लाइडर जहाजहरू प्रदर्शनीमा राखिएको थियो ।

यसैविच कार्यक्रमको आकर्षणका रूपमा विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा विकाश जोशीद्वारा निर्देशित प्रविधि नाटक ‘मिरा मिराज’ मञ्चन गरिएको छ । शुक्रबार र शनिबार दुई दिन आरोहण गुरुकुल नाटक घरमा मिरा मिराज मञ्चन गरिएको थियो ।
नाटकमा निशा कार्की, संगित सापकोटा, विजया कार्कीको अभिनय रहेको थियो ।

प्राविधिक फड्कोलाई सामाजिक उद्यमशीलता र दिगो विकासका निम्ति प्रयोग गर्ने तथा नेपाललाई उत्पादन परिकल्पना र औद्योगिक योजनाको एउटा हबको रूपमा विकास गर्न सहयोग गर्ने यस कार्यक्रमको नेतृत्व नेपालमा कला र प्रविधिको प्रभाव सम्भाव्यतामा जोड दिन प्रविधिको क्षेत्रमा नेतृत्व गरेर काम गरिरहेका केही उद्यमीहरू, केही अन्वषेकहरू र केही कलाकारहरूले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्