तराईमा चिसो हावा चल्ने क्रम रोकिएन, अहिले सम्म ९ जनाको ज्यान गईसक्यो

तराईमा चिसो हावा चल्ने क्रम रोकिएन, अहिले सम्म ९ जनाको ज्यान गईसक्यो

ओवी डेक्स

विराटनगर २३ पुस । तराईमा केहीदिन यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सिरहा र सप्तरीमा गरी ९ जनाको मृत्यु भएको छ । सप्तरीमा अहिले सम्म जाडोका कारण ६ जनाको ज्यान गईसकेको छ भने सिरहामा ३ जनाको मृत्यु भईसकेको छ ।
गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको मृत्यु भएको हो । त्यसैगरी धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण गत शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीमा चिसोका कारण ६ जनाको मृत्यु भएको छ । महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको हिजो चिसोले मृत्यु भएपछि सप्तरीमा मृतकको संख्या ६ पुगेको हो । नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए । यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो । अत्याधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ ।
विद्यालय आउने विद्यार्थीको संख्या घट्दै गएपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सवै ४१२ वटा सामुदायिक विद्यालय बन्द गराएको छ । चिसो बढ्दै गएकाले निजी विद्यालयहरु पनि अब बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए ।
यता विराटनगगरमा पनि अत्याधिक बढेको चिसो हावाका कारण सर्वसाधरणलाई दैनिकी कार्यमा कठिनाई भईरहेको छ । दैनिकी मजदुरी गरेर जिविको पार्जन गर्ने मजदुरीहरुलाई झनै समस्या पर्न थालेको मजदुरीहरुले गुनासो गरेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण स्कुलले विद्यार्थीहरुलाई पनि उतिकै मात्रामा कठिनाई भईरहेको छ । मोरङ जिल्लामा रहेका प्याप्सनमा आवद्ध स्कुलहरुको परीक्षा जारी रहेका कारण तत्काल बन्द नै गराउने निर्णय भने अहिले नभएको प्याप्सन मोरङका अध्यक्ष सुनिल पौडेलले जानकारी दिए । पौडेलका अनुसार कतिपय विद्यालयहरुको परीक्षा सकिएको र कतिपयको बाकी रहेका कारण एक दुई दिनमा नै स्कुलहरुले परीक्षा सकिएसंगै स्कुल बन्द रहनेछ । अध्याधिक बढेको जाडोको कारण विराटनगरका हरेक चोक र गल्लीहरुमा घुर बालेर आगो ताप्नेहरु प्रसस्त मात्रामा देखिन्छ । यसैविच ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जाडोबाट बच्नको निमित्त स्थानियवासिन्दाहरुसँग सहकार्य गर्दै मिल्श एरीयाका विभिन्न स्थानमा दाउरा समेत वितरण गरिएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्