अत्याधिक जाडाे बढेपछि माेरगं जिल्लाका विद्यालय ५ दिनका लागी बन्द

अत्याधिक जाडाे बढेपछि माेरगं जिल्लाका विद्यालय ५ दिनका लागी बन्द

ओवी न्यूज  डेक्स
विराटनगर, २३ पुस । तराईमा अत्यधिक चिसो बढेपछि मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालय ५ दिनका लागी बन्द गरिएको छ ।
जिल्ला शिक्षा समिति मोरङले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आईतबार एक सुचना जारी गर्दै पुष २४ बाट ५ दिनका लागी बन्द गरिएको जनाएको छ ।
भोली सोमबारबाट लागू हुने गरी आगामी पुस २८ गते सम्मका लागि विद्यालय बन्द गरिएको मोरङका उप जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिए । पछिल्लो केहीयता अत्याधिक थेग्नै नसक्ने गरी चिसो बढेपछि असहज मसुस गर्दै विद्यालय आउने विद्यार्थीको संख्यामा पनि कमि हुँदै गएका कारण विद्यालय बन्द गर्नु परेको सुचनामा उल्लेख गरिएको छ ।
मोरङमा पाँच सय ९६ सामुदायिक र तीन सय ८४ निजी विद्यालय छन् । सुचनामा बर्खे विदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । मोरङका कतिपय निजी विद्यालयमा अहिले परीक्षा संचालन भइरहेका छन् । एन प्याप्सन मोरङका अध्यक्ष सुनिल पौडेलका अनुसार केही विद्यालयमा परिक्षा जारी रहेका कारण तत्कालका लागी परीक्षाको अनुकुल हेरेर मात्र निजी स्कुलले बन्द गराउनेछ । भर्खरै सुरु भएका परीक्षालाई बन्द गराउने र सकिन लागेका विद्यालयहरुलाई एक दुई दिन बाकी रहेका विद्यालयलाई परीक्षा सकिएपछी मात्र बन्द गरीने  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्