बिराटनगरमा लागेको मेलामा इलाम देखि लाहान सम्मका ग्राहकको ओइरो

बिराटनगरमा लागेको मेलामा इलाम देखि लाहान सम्मका ग्राहकको ओइरो

बिराटनगर पुस ३० , इलामबाट बिराटनगर आफ्नो विवाहको किनमेल गर्न आएका संदेश कोइरालाले बिराटनगरमा जारीरहेको जुता मेलाको बारे थाहा पाएर आफ्नो परिवार सहित जुत्ता मेला आए , उनले जस्तोमा जुत्ता भेटेको हुनाले विवाहको लागि सबै जुत्ता मेलाबाट नै खरिद गरेको बताए । यस्तै धरानकि लक्ष्मी राइले पनि बिराटनगर आएको बेला जुत्ता मेलाबाट ८ हजार बढीको जुत्ता चप्पल किनेर घर लागेको सुनाइन , "बजार भन्दा धेरै सस्तो लागेर जुत्ता चप्पल किने" उनले हामीलाई खुसी व्यक्त गरिन् । मेलामा इलाम , झापा , धनकुटा , लहान , राजविराज लगायतका स्थानबाट पनि मेलाको बारे जानकारी पाएर मेलामा आउने गरेको हाइ लाइफका ब्रान्ड म्यानेजर ओम घिमिरेले बताए  । 

बिराटनगरमा करिब १ महिना देखि लागेको जुत्ता चप्पल मेलामा हालसम्म २५ हजार जोर जुत्ताचप्पल बिक्रि भएको मेलाका अध्यक्ष होमनाथ उपाध्यायले आवर बिराटनगरलाई बताए । "हामीले सोचेको भन्दा धेरै सफल भयौ र अन्य बिभिन्न ठाउमा पनि यस्तै मेला आयोजना गर्दिनु पर्यो भनेर अनुरोध पनि आउन थालेको उनले सुनाए । मेला सकिन लागेको बेला अझ अहिले ग्राहकको भिड उल्लेखीय रुपमा बढ्न थालेको पनि उनले सुनाए । मेलामा ग्राहकको सुविधालाई मध्यनजर गर्दै आयोजकले प्रत्येक उत्पादनको खरिदमा ७५ रुपैयाँदेखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराउँदै आएको छ ।मेलामा शिखर शु, बिएफडियर हिल, शुल्याण्ड, क्रसरोड र हाइलाइफ गरी पाँचवटा जुत्ता उत्पादक कम्पनीका उत्पादनहरू राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्