आफ्नै कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपललाई उन्मुक्ति दिएको आरोप

आफ्नै कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपललाई उन्मुक्ति दिएको आरोप

विराटनगर ३० पुस । न्यू भिजन एकाडेमी स्कूलमा कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपल अजित भट्टराईलाई उन्मुक्ति दिइएको छ ।
उर्लाबारी–८ स्थित उक्त बिद्यालयको हाताभित्रै कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपल भट्टराईलाई कार्वाहीको प्रक्रिया ल्याउनुको साटो विद्यालय हाताभित्रै मिलापत्र गरी उन्मुक्ति दिएको हो ।

[caption id="attachment_45396" align="aligncenter" width="1000"] प्रिन्सीपल अजित भट्टराई[/caption]

शुक्रबार विहान बिद्यालयमा काम छ भन्दै ती कर्मचारीलाई प्रिन्सीपल भट्टराईले विद्यालय बोलाएका थिए । काम छ भनेपछि बिद्यालय पुगेकी ती कर्मचारीलाई गलत नियत राख्दै बलात्कारको प्रयास गर्ने प्रिन्सीपल भट्टराईलाई उन्मुक्ति महिला सञ्जाल उर्लाबारीका जिम्मेवार ब्यक्तिहरु सक्रियपूर्वक लागेको स्थानीय बताउँछन् ।

एकाडेमीका निर्देशक सूर्य श्रेष्ठले पनि घटनालाई मिलापत्र गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । विद्यालय परिसरमा भएको छलफलमा सुरुदेखि मिलापत्र गराउने बिषयमा निर्देशक श्रेष्ठले जोड दिएको एक सहभागीले बताएका छन् । ती सहभागीले भने ती कर्मचारीलाई कानूनी प्रक्रियामा जाँदा धेरै दुःख पाउने भन्दै प्रहरीमा उजुरी दिनबाट रोकिएको थियो ।

पीडित पक्षका आफन्तहरुले सुरुदेखि नै कानूनी प्रक्रियामा जाने बताएपनि अन्त्यमा महिला सञ्जालकी नेतृ, सामाजिक अगुवाहरु तथा बिद्यालयका निर्देशक श्रेष्ठले कानूनी प्रक्रियामा जानबाट रोक्न सफल बनेका थिए । पीडितलाई न्याय दिनको साटो उनीहरु पीडकलाई चाँही सकेसम्म उन्मुक्ति दिलाउन निरन्तर लविङ गरेका थिए । प्रिन्सीपल भट्टराईले ती कर्मचारीलाई खुट्टा ढोगेर माफी मागेका थिए भने उर्लाबारी क्षेत्रभरी आजिवन अध्यापन गराउन नपाउने सर्तमा अमूर्त मिलापत्र गरिएको बुझिएको छ ।

प्रिन्सीपल भट्टराईले माफी माग्ने क्रममा ती कर्मचारीले आक्रोशित हुँदै एक झापड लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाका बिषयमा निर्देशक श्रेष्ठसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यता यस बिषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बलात्कारको प्रयास गरेको घटना कुनै पनि हालतमा मिल्न नहुने बताएका छन् ।

पीडितले उजुरी दिएको खण्डमा तत्काल आरोपितलाई पक्राउ गरी कानूनी कार्वाही प्रक्रिया अघि बढाउने निरीक्षक थापाको भनाई छ । यता, यस घटनाको बिषयमा अन्तर पार्टी महिला सञ्जाल, उर्लाबारीलगायत महिला अधिकारबादी संस्थाहरुले मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्