कारागारका कैदीबन्दीसँग नाचिन् दिपाश्री निरौला

कारागारका कैदीबन्दीसँग नाचिन् दिपाश्री निरौला

प्रेम देवान आवर विराटनगर डट नेट

विराटनगर १ माघ । यसपालीको माघेसंक्रन्ति झुम्का कारागारमा कैदीबन्दीहरुले फरक शैलीमा मनाएका छन् । सुनसरीको झुम्कामा रहेको कारागारमा कैदीबन्दीले सोमबार दिनभरी चर्चित कलाकारहरुसँग रमाए ।

[caption id="attachment_45453" align="aligncenter" width="4608"] सुनसरीको झुम्कामा रहेको कारागारमा कैदीबन्दीहरुसँग सोमबार दिपाश्री निरौला नाच्दै
। तस्वीर ः प्रेम देवान[/caption]

माघे संक्रान्तिको अवसर पारेर बल्क ‘ए’ मा आयोजना गरीएको माघेसंक्रान्ति विशेष साँगीतिक कार्यक्रममा कलाकारहरुले कैदीबन्दीहरुसँग छुट्टै मनोरन्जन प्रदान गरे ।
स्थानिय कलाकारहरुको प्रस्तुतीपछि स्टेजमा उत्रिएकी निर्देशक तथा हाँस्य कलाकार दिपाश्री निरौलाले सुरुको पलमा आफूले निर्देशन गरेको चलचित्रका गीत ‘सुर्के थैली खै.. बोलको गीतमा नृत्य प्रस्तुत गर्दै स्टेज चेढेकी निरौलाले कारागार भित्रका कैदीबन्दीसँग मज्जा नै नाचिन अनि नचाईन् पनि । उनले कार्यक्रमका प्रमुख अतिथी सामाजसेवी दिनबन्धु गोयललाई पनि ‘सुर्के थैलि खोई’ बोलको गीतमा नचाउन् भ्याईन् । उनले शत्रु गते फिल्मको रुपै मोहनी बोलको गीतमा पनि नाच्न भ्याईन् । उनले कार्यक्रममा ‘धनिया’को बोलीमा बोल्दै उपस्थित अतिथी तथा कैदीबन्दीलाई पेट मिची मिची हसाउन भ्याईन् ।
दिपाको प्रस्तुती सकिएसँगै स्टेज चढेकी गायिका मिना निरौलाले आफ्नो चिर्चित आइटम गीत प्रस्तुत गरी कैदीबन्दीलाई छमछमी नचाइन् । दोस्रो पटक झुम्का कारागारमा रमाइलो गर्न आएको जानकारी दिदै उनले निकै हिट गीत ‘लौजाउ गुमाउन मलाई ठमेल बजार...काले दाई काले दाई.. गीतबाट आफ्नो प्रस्तुती प्रारम्भ गरीन् । पहिलो गीतबाट कैदीबन्दीहरुलाई छमछमी नचाएकी मिनाले लगातार हिट गीत प्रस्तुत गरीन् ।
यसैविच गायक सुमित खड्काले देशभक्ती गीत गाएर रमाइलो गरे । उनको हालै बजारमा आएको एल्वमहरुको गीतहरु प्रस्तुत गरे । त्यस्तै गायिका प्रश्ना शाक्य, तारा लावती, दिनेश राई र स्थानिय गायकहरुले गीत प्रस्तुत गरे । स्थानिय नागी डान्स सेन्टरका कलाकाहरुले साँस्कृतिक देखि बेली डान्समा नृत्य प्रस्तुत गरी थप रमाइलो प्रदान गरे ।
विभिन्न सजाए पाएर कैद भुत्तान गर्दै आएका कैदीबन्दीहरुलाई चार्डपर्वको समयमा राष्ट्रिय स्तरमा चर्चित कलाकारलाई ल्याएर मनोरञ्जन दिने गरेको चौकीदार प्रेम लावतीले बताए । उनका अनुसार यस्तो साँगीतिक कार्यक्रम नयाँ वर्ष, विजयदशमी तथा शुभदिपावली जस्ता चार्डपवमा कार्यक्रमहरु हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्