धरानमा बुढासुब्बा गोल्डकप माघ २० देखि हुने

धरानमा बुढासुब्बा गोल्डकप माघ २० देखि हुने

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि हुने भएको छ ।  गोल्डकप आगामी माघ २० देखि २७ गते सञ्चालन हुने आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

धरानलाई प्रादेशिक राजधानी बनाउने र पूर्वाञ्चलको क्षेत्रीय रंगशाला  निर्माण गनुपर्ने दबाब सिर्जन गर्दै यस पटकको २० औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको आयोजना गर्न लागिएको आयोजक क्लबका अध्यक्ष एवम् एन्फा उपाध्यक्ष किशोर राईले बताउनुभयो ।

प्रतियोगितामा विजेता १० टिमले उपस्थिति जनाउने भएका छन् भने ९ टिमले प्रतियोगितामा भाग लिने निश्चित भएको आयोजकले जनाएको छ ।  प्रतियोगितमा विजेता टिमलाई ५ लाख एक हजार, दोस्रो हुनेलाई २ लाख ५१ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी उत्कष्ट गोलरक्षक, उत्कृष्ट डिफे, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५÷२५ हजार प्रधान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ थान यमाहा मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार प्रदान गरिने भएको छ ।

रंगशाला निर्माणाधीन अवस्था रहेका कारण विगतका गोल्डकप धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा हुदै आएपनि यसपटक भने धरान १६ को रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि ५३ लाख ४७ हजार लाग्ने अनुमाननित बजेट समेत क्लबले सार्वजनिक गरेको छ । प्रतियोगितालाई भव्यसतासका साथ सम्पन्न गर्नका लागि आयोजकले १४ देखि १७ गतेसम्म मिडिया प्रोमोसन कप र १९ गते धरानको भानुचौकमा सांगेतिक कार्यक्रम गर्ने समेत गरिने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्