१ नम्बर प्रदेशको अस्थायी राजधानी बनाएपछि विराटनगरमा खुसियाली

१ नम्बर प्रदेशको अस्थायी राजधानी बनाएपछि विराटनगरमा खुसियाली

प्रेम देवान आवर विराटनगर डट नेट
विराटनगर  । अन्तत लामो पर्खाइ पछि विराटनगरवासीको सपना पुरा भएको छ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख सहित अस्थायी राजधानी तोकेसँगै विराटनगरवासी यतिबेला हर्षित भएकाछन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको हो । सरकारले एक नम्बर प्रदेशको अस्थाई राजधानी विराटनगरलाई तोके सँगै यतिबेला विराटनगरबासी खुशीले हर्षित भएका छन् । विराटनगरमा एक नम्बर प्रदेशको अस्थाई राजधानी तोकेपछि विराटनगरमा ३ दिन सम्म सन्ध्यााकालिन दिपप्रजल्वन गरिने भएको छ । प्रदेश नं १ को राजधानी अस्थाईरुपमा (मुकाम) विराटनगर तोकिएको सुःखद अवसरमा विराटनगर महानगरका मेयर भीम पराजुली तथा उपमेयर इन्दिरा कार्कीले महानगर परिसरमा दीपप्रज्वलन गरेका छन् । यसैविच मेयर पराजुलीले राजधानी तोकिएको खुसियालीमा ३ दिन सम्म सन्ध्याकालिन दीपप्रज्वलन गर्न सम्पूर्ण विराटनगर महानगरबासी दाजुभाई, दिदी बहिनी,बुबा आमा सवैमा अनुरोध गरेका छन् ।
यसैविच १ नम्बर प्रदेश प्रमुखमा डा. गोविन्द सुब्वालाई प्रदेश प्रमुखमा नियुत्त भएका छन् । धरानका डा. सुब्बा हाल नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का प्राध्यापक हुन् । उनले स्थानीय भाषामा पीएचडी गरेका छन् । साथै उनले कानूनमा समेत स्नातक गरेका छन् ।
एक नम्बर प्रदेशको राजधानीका लागी नेपालका प्रधानमन्त्री शेरबहादुर पनि लागी परेका थिए । अन्तत प्रधानमन्त्रि शेरबहादुर कै पालामा अस्थाई राजधानी बने पछि प्रधानमन्त्रिको पनि ठूलो सहयोग रहेको नेपाली काग्रसका कार्यकर्ताहरुको ठम्याई छ ।
एक नम्बर प्रदेशको राजधानी बनाउनका लागी ईटहरी, धरान, धनकुटाक र विराटनगरका राजनैतिक दलका नेताहरु लविङ जुटिरहेका थिए । अन्तत एक नम्बर प्रदेशमा नै रहेको महानगर मानिएका विराटनगरलाई अस्थाई रुपमा एक नम्बर प्रदेशको राजधानीको रुपमा राखिएको छ ।
विराटनगर महानगर भित्र रहेका महत्वपुर्ण सरकारी कार्यालय, अन्तराष्ट्रिय स्तरको एयरपोर्ट ,सहरीकरण बसोबास,उद्योगधन्दा, तथा व्यापार व्यावशाय र र शैक्षिक स्तरले पनि पूर्वाअञ्चल विश्वविद्यालय रहेका कारण पनि सरकारले १ नम्बर प्रदेशको राजधानी रोजेको हुनुपर्छ ।
१ नं प्रदेशको राजधानी विराटनगर हुनुपर्ने माग गर्दै विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री शेरवहादुर देउवासँग धेरै चोटी भेटघाट गरी आग्रह गरिएको स्रोतको दावी छ ।
विराटनगरमा सरकारी भौतिक संरचना र क्षेत्रिय स्तरका कार्यलयहरु विराटनगरमा छन् । एक नम्बर प्रदेश प्रहरी कार्यलय, क्षेत्रिय स्तरको सशस्त्र प्रहरी गण, पूर्वक्षेत्रिय प्रहरी तालिम केन्द्र रहेको छ । यसै गरी सुनसरी – मोरङ सिंचाई योजना, क्षेत्रिय सिचाई कार्यलय, क्षेत्रिय पशु सेवा कार्यलय, नेपाल टेलिकम, नेपाल आयल निगम पनि रहेको छ । त्यसैगरी अन्य साल्ट ट्रेडिङ, क्षेत्रिय निर्वाचन कार्यलय, नेपाल टेलिकम,जल उत्पन्न प्रकोप नियन्त्रण व्यावस्था, सहरी विकास, उच्च अदालत, मेडिकल, स्टोर, अंचल अस्पताल विराटनगरमा नै रहेको छ ।
सरकारले ७ वटै प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्यो
सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा अस्थायी मुकाम तोकेको छ ।
त्यसैगरी प्रदेश प्रमुखमा १ मा डा. गोविन्द सुब्वा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकिएको छ ।

को हुन एक नम्बर प्रदेशका प्रदेश प्रमुख
प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा नियुक्ति पाएका डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नेपाली कांग्रेसका कार्यकर्ता हुन् । तर बहुदल नआउञ्जेल सम्म उनी तत्कालीन नेकपा माले समर्थित अनेरास्ववियुका कार्यकर्ता थिए । बहुदल आइसकेपछि मात्रै सुब्बा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

[caption id="attachment_45599" align="aligncenter" width="810"] १ नम्बर प्रदेश प्रमुखमा डा. गोविन्द सुब्वा[/caption]

डा. सुब्बा हाल नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का प्राध्यापक हुन् । धनकुटाको बञ्चरेमा जन्मेर धरानलाई कर्मथलो बनाएका उनी अंग्रेजी भाषाका प्राध्यापक हुन् । उनले स्थानीय भाषामा पीएचडी गरेका छन् । साथै उनले कानूनमा समेत स्नातक गरेका छन् ।
गोविन्द सुब्बाले आफ्नो थर तुम्बाहाङ लेख्छन् । धरानमा उनलाई गोविन्द सुब्बाका साथै गोविन्द तुम्बाहाङ भनेर पनि चिनिन्छ ।
०४९ सालको स्थानीय चुनावमा गोविन्द सुब्बाले धरानको मेयरमा कांग्रेसबाट टिकट प्राप्त गरे, र उनले पञ्चायतकालमा आफ्नै संगठनका केन्द्रीय नेता रहेका ध्यानबहादुर राईसँग चुनावी प्रतिस्पर्धा गरे । आफ्ना पूर्वनेता ध्यानबहादुरसँगको चुनावी भिडन्तमा सुब्बाले २२५ भोटको झिनो मतान्तरले पराजित हुनुर्पयो । धरानको इतिहासमा यसरी लोकप्रिय मत ल्याउने सुब्बा नै पहिलो कांग्रेस नेता हुन् । एमालेको प्रभाव रहेका बेलामा पनि उनले धरानको मेयरमा सम्मानजनक र लोकप्रिय मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसमा आवद्ध सुब्बा अंग्रेजीका साथै लिम्बु भाषा र साहित्यका ज्ञाता मानिन्छन् । हाल सुनसरीबाट सांसद पदमा निर्वाचित अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले देउवासमक्ष सुब्बालाई प्रदेश प्रमुख बनाउन लबिङ गरेको कांग्रेसनिकट स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्