मनमाेहन मेमाेरियल कलेजमा हाजिरिजवाफ प्रतियाेगिता

मनमाेहन मेमाेरियल कलेजमा हाजिरिजवाफ प्रतियाेगिता

माेरगंकाे बुढिगंगा गाउँपालिकामा अवस्थित मनमाेहन मेमाेरियल पाेलिटेक्निक कलेजमा जारी स्पाेर्ट्स मिटमा अाज हाजिरि जवाफ प्रतियाेगिता अायाेजना भएकाे छ ।

कलेजका प्राचार्य डाक्टर शुभाष श्री पाेखरेलले उद्घाटन गरेकाे हाजिरिजवाफ प्रतियाेगिता विभिन्न संकायका विद्यार्थीहरूकाे ८ वटा समुह सहभागी भएकाे क्विज मास्टर साक्षी न्याैपाने भुर्तेलले बताइन् । हाजिरिजवाफमा सिविल संकाय प्रथम, इलेक्ट्राेनिक्स संकाय दाेश्राे र इलेक्ट्रिकल संकाय तेश्राे भएकाे थियाे । प्रतियाेगितामा साक्षी न्याैपाने भुर्तेल सहित मन्जु सरदार र मिरा चाैधरी क्विज मास्टर रहेका थिए भने प्रकृति भट्टराइ, हेमन्त पंडित र सुशिल यादव निर्णायककाे भुमिकामा थिए ।

हाजिरिजवाफका लागि टेक्निकल र सफ्टवेयर सहयाेग जेफ्टवेयर साेलुसनले गरेकाे थियाे ।

मनमाेहनमा संचालन भइरहेकाे याे दशाैं स्पाेर्ट्स मिट्स हाे । मिट्समा भलिबल, फुटबल, टग अफ वार, क्रिकेट, म्यारथन, लेडिज ब्याडमिन्टन र चेस लगायतका खेलहरूमा गरि करिब २ सय जना खेलाडी सहभागी भइरहेकाे प्राचार्य डाक्टर सुभाष श्री पाेखरेलले बताएका छन् । खेलकाे माध्यमबाट विद्यार्थीहरूमा मानशिक तथा शारिरिक विकास गर्ने उद्देश्यका साथ प्रतियाेगिताकाे अायाेजना गरिएकाे प्राचार्य पाेखरेलले जानकारी दिए ।  गत १० गते बुधबारबाट संचालन भएकाे स्पाेर्ट्स मिट शुक्रबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्