प्रदेश नं १ को मुख्यमन्त्रीमा एमालैकै तीन जनाको दाबी , कसले मार्ला बाजी ?

<span class='c1'>प्रदेश नं १ को मुख्यमन्त्रीमा एमालैकै तीन</span> <span class='c2'>जनाको दाबी , कसले मार्ला बाजी ?</span>

सुमन तिम्सिना 
विराटनगर, १५ माघ ।।
प्रदेश सभाको पहिलो बैठकको टुङ्गो नलागेपनि मुख्य मन्त्री को बन्ने ? भन्ने बिषयले अहिले एमाले भित्रैबाट बिभिन्न तर्कहरु बाहिर आउन थालेका छन् । केही दिन अघिसम्म पुर्ब सुचना तथा संचार मन्त्री शेरधन राईले मात्र एकलौटी दाबी गर्दै आउनु भएकोमा आईतवारसम्म मुश्ख्य मन्त्रीको दाबी गर्नेहरु ३ जना देखिएका छन् । १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तीन धार भएपछि एमाले समस्यामा परेको छ । एमालेका स्थायी समिति सदस्य तथा सुनसरी क्षेत्र नं. १ (१)बाट निर्वाचित भीम आचार्य, एमालेका पोलिटब्यूरो सदस्य तथा भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित शेरधन राई र एमाले केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ (२)बाट निर्वाचित जीवन घिमिरेले पनि मुख्यमन्त्रीको रुपमा दाबी गर्दै आएका छन् । यसले गर्दा एमाले भित्र मुख्य मन्त्रीको बिषयले समस्या थपेको छ । घिमिरे र आचार्य दुवै एमाले बरिष्ठ नेता माधव नेपाल गुटका हुन् । भने राई केपी ओली गुटका हुन् ।

शनिबार काठमाडौंमा पत्रकारसम्मेलन गरेर आचार्यले आफू मुख्यमन्त्रीको दौडमा रहेको घोषणा गरेको भोलिपल्टै आईतवार विराटनगरमा राई र घिमिरेले पनि छुट्टा–छुट्टै स्थानमा पत्रकार सम्मेलन गरी मुख्य मन्त्रीको रुपमा आफुहरु योग्य रहेको दाबी गरे।
विराटनगरको फन एण्ड फुट रेष्टुरेन्टमा केही पत्रकार माझ नेता राईले आफू मुख्यमन्त्रीका लागि बलियो दाबेदार रहेको बताउनु भएको थियो । त्यसको केही घण्टा मै होटल मेरो नेपालमा पत्रकार बोलाएर घिमिरेले आफू लाभको पदमा अहिले सम्म नपुगेकोले त्यो अवसर आफुले पाउनु पर्ने दावी गर्दै संसदीय दलको नेतामा आफू बिजयी हुने ठेकुवा गर्नुभयो ।

माधव नेपालको आधिकारिक उम्मेदवार आफु भएको दावी गर्नु हुँदै घिमिरेले अहिले नै नबोल्ने हो भने ढिला हुने भएकोले आफुले मुख खोलेको उहाँको भनाइृ छ । उहाँले अवसरको समुचित व्यवस्थापनमा पार्टीले ध्यान दिनुपर्ने तर्क गर्नुभयो । राजनीतिक जीवनको सुरुवात देखि अहिलेसम्म कुनै पनि राजकीय पद नलिएको र परीक्षा दिन पनि नपाएको कारण अब परिक्षाको मौका आफुलाई दिनु पर्ने घिमिरेको भनाई छ । घिमिरेले नेता भीम आचार्य प्रति लक्षित गर्दै भन्नुभयो, ‘प्रदेशमा चुनाव लड्नु नै उहाँले गल्ती गर्नुभयो । उहाँ त प्रतिनिधिसभामा जाने मान्छे हो, किन प्रदेशमा आउनु भयो ?’ घिमिरेको प्रश्न छ ।
आफू मुख्य मन्त्री बन्ने विषयमा पार्टीका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिँदै घिमिरेले संसदीय दलको नेता बन्ने प्रक्रियामा आफू पनि प्रवेश गर्ने बताउनु भयो । यसअघि बिहान पत्रकारसँग कुरा गर्दै राईले आफू १ नम्बर प्रदेशको मुख्यमन्त्रीको बलियो दाबेदार भएको बताउनु भएको थियो । पार्टीका अन्य नेताले पनि मुख्यमन्त्रीमा चाहना राख्नु र संसदीय दलमा जित्छु भन्नु अन्यथा नभएको राईको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्