आवर बिराटनगरको प्रधान सम्पादकमा सुमन सुस्केरा नियुक्त

<span class='c1'>आवर बिराटनगरको प्रधान सम्पादकमा</span> <span class='c2'>सुमन सुस्केरा नियुक्त</span>

बिराटनगर माघ १६ , ओबी मिडिया प्रालिद्वारा संचालित प्रदेश नम्बर १ कै पहिलो अनलाइन समाचार पत्रिका आवर बिराटनगर डट नेटको प्रधान सम्पादकमा सुमन तिम्सिना (सुस्केरा) नियुक्त भएका छन् । १२ बर्षदेखि राष्ट्रियस्तरकाे  रेडियो , टेलिभिजन र पत्रपत्रिकामा क्रियाशील पत्रकारिता गर्दै अाएका तिम्सिना आवर बिराटनगर डट नेटमा प्रधान सम्पादकको रुपमा अावद्ध भएका हुन् ।

उनी हाल बिराटनगरस्थित स्काई एफएमका स्टेसन म्यानेजरका रूपमा समेत कार्यरत छन् । उनकाे संलग्नताले अावर विराटनगर डटनेट थप स्तरीय र प्रभावकारी हुने विश्वास गरिएकाे छ ।

२०६८ काे असार १५ गते पत्रकार महासंघ माेरगंकाे सभाहलमा उद्घाटन भएकाे अावर विराटनगर डट नेट सूरूवातकाे समयमा अावर विराटनगर डट कमकाे रूपमा चर्चित थियाे । पछिल्लाे समय यसलाइ थप परिस्कृत गर्दै विश्वसँग विराटनगरलाइ जाेड्ने अभियानका साथ अावर विराटनगर डटनेटकाे रूप दिइएकाे छ । सामाजिक संजालका माध्यमसहित ६५ हजार भन्दा बढि पाठकहरू रहेकाे अावर विराटनगरले सदैव विराटनगर र वरिपरिका घटना र जानकारीहरू अाफ्ना पाठकहरूलाइ बाँड्दै अाएकाे छ ।

विराटनगर र विराटनगरवासीकाे चासाेलाइ मध्यनजर गर्दै सूरू भएकाे अावर विराटनगर पछिल्लाे केहि समय यता प्रदेश नम्बर १ केन्द्रित भइ अाफुलाइ परिस्कृत गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्