आफ्नै साथीले जापान पठाईदिने भन्दै ८ लाख लिएर फरार

<span class='c1'>आफ्नै साथीले जापान  पठाईदिने भन्दै</span> <span class='c2'> ८ लाख लिएर  फरार</span>

प्रेम देवान
विराटनगर १६ माघ । वैदेशिक रोजगारीका ठगी घटनाहरु अझै पनि ज्यूका तिउ नै छन् । नेपालका सोझा साझा युवाहरुलाई मेन पावर र बिचेलियहरुको गिरोह अझै पनि उतिकै मात्रमा फस्टाईरहेका छन् । यस्तै धनकुटा अर्खौले जितपुर आन्दु्रङ हाल महालक्ष्मी नगरपालीका ७ का ३३ बर्षिय तेजेन्द्र लुम्बा पनि बिचौलियबाट ठगिन पुगेका छन् ।

[caption id="attachment_46599" align="aligncenter" width="1262"] वैदेशिक रोजगारी ठगीमा परेका पिडीतहरुद्धारा विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिदै ।
तस्वीर ः प्रेम देवान[/caption]

आफ्नै साथीको चिनजानीबाट जापान लैजाने भन्दै ५ लाख ठगिन पुगेका छन् । भोजपुर सावोदुङगा घर भई दमक १० बस्ने हाल काठमान्डौ महराजगंज चक्रपथ बस्दै आएका ३४ बर्षिय विकास राईले जापान लैजान्छु भन्दै पिडीत तेजेन्द्र लुम्वाबाट ५ लिएर फरार भएको बताएका छन् । पिडीत पक्षले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफूहरु पिडीत भएको बताएका छन् । तजेन्द्र मात्र हैन अर्का हर्क बहादुर मगर पनि उक्त व्याक्तीबाट ठगिन पुगेका छन् ।

[caption id="attachment_46600" align="aligncenter" width="894"] वैदेशिक रोजगारीमा पठाईदिने भन्दै साढे ८ लाख रुपैया लिएर फरार भएका विकास राई ।
तस्वीर ः प्रेम देवान[/caption]

मोरङ केराबारी घर भएका मगरलाई पनि विदेश पठाईदिने भन्दै साढे ३ लाख रुपैया गलेर फरार भएको पिडीत मगरले पत्रकार सम्मेलन गरी जानकारी दिए । पिडीतहरुले कागजपत्र बनाई पैसा लिएको बताएका छन् । उनीहरुले आईएमी मार्फत दुई पल्ट पैसा पठाएको र विचमा भेटघाट भई अचानक केही दिन पनि फरार भएको पिडीतहरुले आरोप लागएका छन् । पिडीतहरुले ३५ दिन सम्म पर्खने यदि उत्त म्याद सम्म नआए कानुनी प्रकृयामा जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्