पहिलो बैठकमा प्रदेश सांसदका यस्ता एजेण्डा

<span class='c1'>पहिलो बैठकमा प्रदेश</span> <span class='c2'>सांसदका यस्ता एजेण्डा</span>

सुमन सुस्केरा
विराटनगर, १६ माघ ।।
प्रदेश सभाको संसद बैठक बस्ने दिन नजिकिँदै गर्दा सांसदहरु पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा आन्तरिक गृहकार्यमा देखिएका छन् । मोरङलाई कर्मथलो बनाएर राजनितीमा लाग्दै आएका त्यसमा पनि महिला सांसदहरु कसरी आफ्ना एजेण्डालाई अगाडी बढाउने भन्नेमा केन्द्रित देखिन्छन् । पहिलो पटक सांसदको अनुभव प्राप्त गर्ने मौका पाएर एमालेबाट समानुपातिक सिटबाट सांसद हुनु भएकी सावित्रा रेग्मीले १ नम्बर प्रदेशलाई नमुना प्रदेशको रुपमा स्थापित गर्ने योजनाको साथ आफु प्रस्तुत हुने बताउनुभयो । आवर बिराटनगर सँगको कुराकानीमा उहाँले पहिलो अनुभाव भएकोले धेरै बिषयहरु भएपनि प्राथमिकताका आधारमा आफ्ना एजेण्डाहरु प्रस्तुत गर्ने बताउनुभयो । सोमवार साँझ प्रदेश प्रमुखको कार्यालयले १ नम्बर प्रदेशको पहिलो सांसद बैठक जिल्ला समन्वय समितिको सभाहलमा गर्ने निर्णय गर्दै २२ गते १ बजेलाई बोलाएपछि आफुलाई कसरी प्रस्तु्त गर्ने भन्नेमा नयाँ अनुहार छ ।
नेपाली कांग्रेसको समानुपातिक सुचिबाट सांसद बन्नु भएकी शान्ता पौडेल पनि संसद बैठकमा जानु अघि आफुलाई कसरी प्रस्तु्त गर्ने भन्ने बिषयमा साथिहरु सँगको छलफलमा रहनु भएको छ । ‘सांसदमा जाँदा के बोकेर जाने भन्ने बिषयमा छलफल भई रहेकोछ, पौडेलले भन्नुभयो, प्रदेश सांसदले नै कानु्न बनाउने भएकोले देश र जनताको हित हुनेगरी मेरा एजेण्डा तय हुने छ ।’
तर नयाँ अनुभवका साथ संसद बैठकमा सहभागि हुन जाने सांसद अधिकांशको एउटै समस्या छ, जनताले चाहे अनुसारको काम गर्न सकिन्छ की सकिँदैन ? समानुपातिकमा मात्र हैन प्रत्यक्ष निर्वाचित रहेका नयाँ अनुहारका संसदलाई पनि संसद बैठक जाँदा के एजेण्डा लिएर जाने भन्ने देखिएको छ । नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर ४ (१) बाट निर्वाचिन विजय विस्वास पनि आफु जनताको प्रतिनिधि भएकोले जनताको मागको आधारमा कानुन निर्माण र जन अपेक्षा अनुसार आफ्ना एजेण्डा तय हुने बताउनुहुन्छ । प्रदेश नम्बर १ मा ९३ जना संसद प्रदेश बैठकमा सहभागि हुँदैछन् । तर सहभागि हु्ने सांसदहरुमा केही बाहेक अधिकांश नयाँ अनुहार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्