विराटनगरबाट डिजेलको तस्करी (पत्रपत्रिका )

<span class='c1'>विराटनगरबाट डिजेलको तस्करी</span> <span class='c2'>(पत्रपत्रिका )</span>

विराटनगर, १७ माघ ।
विराटनगरका बिभिन्न पेट्रोल पम्पबाट  डिजेलको तस्करी हुने गरेको खुलासा भएको छ। उद्घोष दैनिकले लेखेकोछ, नेपालबाट निर्वाध रुपमा भारत तर्फ डिजेलको तस्करी हुने गरेको छ । तर त्यसको नियन्त्रणको काम कतैबाट पनि भएको छैन ।

नेपाल आयल निगम र भारतिय आयल निगमले निर्धारण गरेको डिजलको मुल्यमा प्रति लिटर ३० रुपैयाँ २० पैसा फरक रहँदै आएकाले डिजेलको तस्करी मौलाएको हो । नेपालमा डिजेलको मुल्य मोरु ८० छ भने भारतमा भारु ६८ रुपैयाँ ८८ पैसा मुल्यका अन्तरका कारण नेपालबाट डिजेलको तस्करी हुने गरेको हो । दक्षिणी सीमावर्ती क्षेत्रमा पम्प खोलेर पेट्रोलियमको कारोवार गर्नेहरु मार्फत डिजलको तस्करी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्