इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड पराजित

<span class='c1'>इग्लिस प्रिमियर लिग फुटबलमा</span> <span class='c2'>म्यान्चेष्टर युनाइटेड पराजित</span>

विराटनगर, १८ माघ ।

इग्लिस प्रिमियर लिग फुटबलको दोश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेड पराजित भएको छ । बुधबार राती भएको खेलमा म्यान्चेष्टर युनाइटेड टोटनह्यामसँग २–० गोल अन्तरले पराजित भएको हो ।  एरिक्सनले खेलको ११ सेकेण्डमै गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जोन्सले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि म्यान्चेष्टर युनाइटेडले गोल फर्काउन सकेन भने टोटनह्यामले पनि गोल नथप्दा खेल २–० ले जित्यो ।

एरिक्सनको गोल प्रिमियर लिगमा तेश्रो छिटो गोल पनि हो । नतिजापछि म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोस माउरिन्होले दोश्रो गोलपछि टीम मानसिक रुपमा मृत जस्तै बनेको प्रतिक्रिया दिए । अंक तालिकाको दोश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको २५ खेलबाट ५३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्