भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौंमा

<span class='c1'>भारतीय विदेश मन्त्री</span> <span class='c2'>सुष्मा स्वराज काठमाडौंमा</span>

काठमाडौं, १८ माघ ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । उहाँ विशेष विमानबाट दिउसो ४ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको विमानस्थल कार्यालयले जनाएको छ । भारतीय विदेशमन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखलेलगायत उच्च सरकारी अधिकारी पनि सहभागि हुनुहुन्छ । यसअघि उहाँ साढे ३ बजे नै काठमाडौं आइपुग्ने भनेपनि ढिलाई भएकाले साढे ४ बजेमात्रै काठमाडौं आइपुग्नु भएको हो ।

स्वराजले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र राजपाका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । उहाँले एमाले अध्यक्ष ओलीलाई होटल सोल्टीमा र मधेश केन्द्रीत दलका नेतालाई होटल द्वारिकामा भेट गर्ने तयारी छ । भारतीय विदेश मन्त्री स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भोली भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयले नियमित उच्च राजनीतिक भ्रमण भनेपनि नेपालमा नयाँ सरकार बन्न लागेको सन्दर्भमा भारतीय विदेश मन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

दुई देशको बर्षौदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हित प्रवद्र्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिनुभएको थियो । यस्तै एमाले अध्यक्ष ओलीले पनि भारतीय प्रधानमन्त्री मोदीसँगै काम गर्न आतुर रहेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्