विराटनगर, १८ माघ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नै पार्टीको सरकारले गरेको निर्णयको विरोध गर्नु भएको छ। निर्वाचनमा पराजयपछि नैतिकरुपमा राजिनामा दिनु पर्ने नेतृत्वले दुरगामी परिणामका निर्णय लिनु अस्वाभाविक र अनैतिक भएको बताउनुभयो । उहाँले सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले लोककल्याणकारी अवस्थाका दुरगामी प्रभावपर्ने कुनैपनि निर्णय गर्न नहुने भन्दै यसले जनमानसमा वितृष्ण उत्पन्न हुने औल्याउनुभयो।
सरकारको वृद्धभत्ता सम्बन्धी निर्णयको बोझलाई सरकारी ढुकुटीले थाम्न नसक्ने पनि उहाँको भनाई छ। केहीसमय अघि सरकारले ५५ वर्ष पुगेका दलित समुदाय तथा ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई समाजिक सुरक्षाभत्ता दिने गरेको थियो । निर्णयको विषयमा कडा टिप्पणी गर्दै उहाँले भन्नुभयो, काम राम्रो भएपनि राष्ट्रको ढिकुटीले त्यसलाई धान्न सक्छ /सक्दैन त्यो वुझनुपर्छ । उहाँले संघिय सरंचना अनुसार कांग्रेसको विधान परिवर्तनका लागि पार्टीले तत्काल महासमितिको वैठक वोलाउनुपर्ने माग गर्नुभयो ।
उहाँले भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको समय उपयुक्त नभएको बताउनु भएको छ। कोइरालाले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा भारतीय विदेशमन्त्री स्वराजको भ्रमणको समय गलत भएको बताउनु भयो । विराटनगरमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाटका क्रमका देशमा नयाँ सरकार बन्ने संघारमा रहेको बेलामा स्वराजको भ्रमणले जनतामा समेत आशंका उब्जाउने बताउनुभयो ।