विराटनगरमा खानेपानीको अभाव (पत्रपत्रिका)

<span class='c1'>विराटनगरमा खानेपानीको</span> <span class='c2'>अभाव (पत्रपत्रिका)</span>

विराटनगर, १९ माघ ।
विराटनगर महानगपालिकामा खानेपानीको अभाव हुँदै आएको छ । माग अनुसारको पानी महानगरवासीलाई आपुर्ति हुन नसकेपछि अभाव भएको हो । उद्घोष दैनिकले लेखेको छ, खानेपानी संस्थान, मानगढ खानेपानी आयोजना र बृहद विराटनगर खानेपानी आयोजना अन्तरगत संचालनमा रहेको उपभोक्ता समितिले माग अनुसारको खानेपानीको आपुर्ति गर्न नसक्दा अभाव देखिएको हो । विराटनगर महानगरपालिकामा दैनिक तिन करोड ५० लाख लिटर पानीको माग रहेको खानेपानी संस्थान विराटनगर शाखाका प्रमुख शैलेन्द्र कुमार साहले बताए । उनका अनुसार, हाल दुई करोड ३० लाख लिटर पानीको माग रहेको भएपनि दैनिक एक करोड ९० लाख लिटर मात्र पानी बितरण गरिँदै आउको छ।
विराटनगरमा नै रहेको मानगढ खानेपानी आयोजनाले पनि चार हजार घरधुरीमा दैनिक २२ लाख लिटर पानी वितरण गर्दै आएको ब्यवस्थापक गंगा आचार्यले जानकारी दिए । बृहद विराटनगर खानेपानी आयोजना अन्तरगत जामुनगाछी खानेपानी सरसफाई उपभोक्ता समितिले दैनिक चार लाख ५० हजार लिटर पानी वितरण गर्दै आएको जनाएको छ । समितिका अध्यक्ष सोमनाथ अधिकारीले ६ सय घर धुरीलाई दैनिक खानेपानी वितरण गर्दै आएको बताए ।सात बर्ष देखि खानेपानी डिभिजन कार्यालयको सहयोगमा निर्माणाधिन बृहद विराटनगर खानेपानी आयोजना अन्तरगत जतुवा, पिचरा, जमुनगाछीमा खानेपानी संचालन गर्न अग्रसरता देखाएपनि हालसम्म जामुनगाछी सरसफाई उपभोक्त समितिले मात्र उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । अन्य योजनाहरुले काम पुरा गरेपछि उपभोक्तालाई पानी वितरण गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्