एकदिवसीय क्रिकेट : भारत दक्षिण अफ्रिकासँग विजयी

<span class='c1'>एकदिवसीय क्रिकेट : भारत</span> <span class='c2'>दक्षिण अफ्रिकासँग विजयी</span>

१९ माघ । 

दक्षिण अफ्रिकासँगकोे एकदिवसीय क्रिकेट श्रीङ्खलाको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको छ । २ सय ६९ रनको लक्ष्य पाएको भारतले ४५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।  भारतलाई जिताउन कप्तान विराट कोहलीले १ सय १२ रन बनाए भने अजिन्क्या रहानले ७९ रनको योगदान गरे । १ सय १९ बल खेलेका कोहलीले १० चौकाको मद्दतमा १ सय १२ रन बनाएका हुन् ।

रहानेले ८६ बलमा ७९ रन बनाउन ५ चौका र २ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाको डर्बानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ८ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो ।  दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले १ सय २० रन बनाए । उनले १ सय १२ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरेका थिए । टेष्ट श्रीङ्खला २–१ ले हारेको भारतले दक्षिण अफ्रिकासँग ६ वटा एकदिवसीय र २ वटा ट्वाण्टी ट्वाण्टी क्रिकेट खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्