ठाकुरवारी रोडमा यसरी कार नालामा पर्दा

<span class='c1'>ठाकुरवारी रोडमा यसरी </span> <span class='c2'>कार नालामा पर्दा</span>

विराटनगर, १९ माघ ।
विराटनगर महानगरपालिकामा निर्माणधिन सडक बिस्तार सँगै पुराना नालीको ब्यवस्थापन नहुँदा रातीको समयमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।रातीको समयमा सवारी साधनहरु नढाकिएका नालीमा पर्ने गरेको घटनाहरु पटक पटक दोहोरिँदै आएका छन् । गएराती बिराटनगर ९ स्थित ठाकुरवारी रोडमा कार नालीमा फसेको कुराले घटनालाई थप पुष्टि गरेको छ।
ठकुरवारी रोडको बुधहाट चोक नजिकै रातीको समयमा को१ च ५४१९ नम्बरको कार गन्तब्य तर्फ जाँदै गर्दा नालीमा फसेको थियो । सडक किनारमा नालीहरु खुल्ला छाड्दा यस्ता कार मात्र हैन मोटरसाईकल, साईकल र बस समेत नालीमा पर्ने गरेका छन् । विराटनगरमा निर्माणधिन विराटनगर महानगरपािलकाको एकिकृत वातवरणिय सुधार परियोजनाको काम सुस्त गतिमा अघि बढ्दा यस्ता समस्या बढ्दै गएको हो ।
हनुमान मन्दिरको पुर्वपट्टी रहेको यो नाला लामो समय देखि यसैगरी खुल्ला छोडिएको बिषयमा स्थानीयले पटक पटक बिराटनगर महानगरपालिकाको ध्यानाकर्ण गराएपनि महानगरको ध्यान गएको छैन। खुल्ला नालाका कारण यही ठाउँमा पटक पटक सवारी पर्ने गरेका छन् ।

स्थानीय विक्की वर्माले महानगरपालिकाले सामान्य नाली ढाक्ने ब्यवस्था मिलाउने हो भने यस्ता सवारी नालीमा पर्ने क्रम घट्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्