मुख्यमन्त्री र मन्त्रालय राखिने विराटनगरका कार्यालयको निरिक्षण

<span class='c1'>मुख्यमन्त्री र मन्त्रालय राखिने</span> <span class='c2'>विराटनगरका कार्यालयको निरिक्षण</span>

सुमन सुस्केरा
विराटनगर, १९ माघ ।
प्रदेश नम्बर १ का मुख्य सचिव यादवराज कोईरालाले प्रदेश सभाहल तथा मुख्यमन्त्री कार्यालयको तयारीको बारेमा स्थलगत निरिक्षण गरेका छन् । काठमाण्डौबाट सिधै विराटनगर आएका कोइरालाले मन्त्रलाय राख्ने कार्यालयको अबस्थाको बारेमा जानकारी लिएका हुन । उनले तत्कालको लागि संसद भवन संचालनको हुने सभाहलको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।


सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जीनियर श्याककिशोर सिंह सँग केही असन्तुष्ट जस्तो देखिनु भएका कोईरालाले तत्कालको लागि भईरहेको कामको आधारमा मन्त्रालय राख्ने कार्यालयको अबस्थाको बारेमा पनि जानकारी लिए ।
विराटनगर आए लगत्तै कोईरालाले क्षेत्रीय कार्यालयका प्रमुख, सुरक्षा निकायका अधिकारीहरुसँग बैठक सकेर कार्यालयहरुको निरिक्षणमा गएका थिए ।
क्षेत्रीय निर्देशक र सबै सुरक्षा निकाय सँगको छलफलमा मन्त्रालय राख्ने स्थान, संसद भवनको ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन र श्रोत साधनको बिषयमा तत्काल ब्यवस्थापन गर्ने निर्णय भएको छ ।

मन्त्रालय राख्ने बारेमा १÷२ दिनमा मात्र टुङ्गो लाग्ने भएको छ। तत्कालको लागि संसद र मुख्यमन्त्रीको कार्यालय ब्यवस्थापनको काम हुँदैछ, कोईरालाले भने, त्यसपछिको ब्यवस्थापनको मन्त्रालयको हुनेछ । उनले जिल्ला समन्वय समितिको सभाहल, क्षेत्रीय कृषि निर्देशनालयको भवन, क्षेत्रीय सिचाई निर्देशनालयको भवन लगायत प्रदेश प्रमुखको  क्वाटर भएको सुनसरी मोरङ सिचाई आयोजनाको भवनको अबस्थाको अबलोकन गरेका थिए ।
कर्मचारी अभाव तत्कालको लागि प्रदेश स्थित कार्यालयको ब्यवस्थापनमा कर्मचारी अभाव हुने देखिएको छ । खटाएका कर्मचारी आउनको लागि ढिला हुने भएपछि कर्मंचारी अभाव हुने देखिएको हो ।

कोईरालाका अनुसार, तत्कालको लागि आवस्यक परेका कर्मचारीलाई आन्तरिक जिल्ला कार्यालयहरुबाट तत्कालको लागि ब्यवस्थापन गरेर काम चलाईँदैछ । कर्मचारी आई नसकेको भएपनि आउँदै गरेकोले त्यो धेरैदिन नलाग्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्