विराटनगरमा हुने १ नम्बर प्रदेशको पहिलो संसद बैठकको कार्यसुची तयार

<span class='c1'>विराटनगरमा हुने  १ नम्बर प्रदेशको</span> <span class='c2'>पहिलो संसद बैठकको कार्यसुची तयार</span>

विराटनगर, २० माघ ।
माघ २२ गते सोमबार बस्ने प्रदेश सभाको पहिलो बैठकको कार्यसुची तयार भएको छ । पहिलो बैठकको कार्यसुचि पारित गर्दै सर्बदलिय बैठक सकिएको हो।
बैठकले अन्तरिम कार्यबिधि पारित गर्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति समेत तोक्ने, शुभकामना मन्तब्य दिने समेत कार्यसुची तय भएको हो । बैठकले माघ २९ गते प्रदेश सभामुखको निर्वाचनको मिति तोकेको छ भने फागुन ३ गतेलाई उपसभामुखको निर्वाचनको मिति तोक्ने कार्यसुची तय भएको हो । संसद सचिवालयका उपसचिव सहजीत राईले बैठकको निर्णय बारेमा जानकारी दिनुहुँदै सभामुखलाई सहयोग गर्नको लागि कार्य ब्यवस्था समिति गठन गरिएको बताउनुभयो ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, संघिय समाजवादी फोरम र संघिय लोकतान्त्रिय राष्ट्रिय मञ्च समेत रहने गरी समिति बनाईएको हो । पहिलो बैठकमा ७ जनाले मन्तब्य राख्ने कार्यसुची तय भएको छ । ६ दल र १ स्वतन्त्र गरी ७ जनाले मन्तब्य राख्ने कार्यक्रम गर्ने तय भएको छ ।


एमालेबाट भिम आचार्य, नेपाली कांग्रेसबाट केदार कार्की, स्वतन्त्रबाट नारायण बहादुर मगर, संघिय लोकतान्त्रिक राष्टिय मञ्चबाट बिष्णु तुम्बाहाम्फे माओवादी केन्द्रबाट ईन्द्र बहादुर आङबो, राप्रपाबाट ईन्दिरा राई र संघिय समाजवादी फोरमबाट जयराम यादवले मन्तब्य राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्