आहा रारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिसलाई

<span class='c1'>आहा रारा गोल्डकप फुटबलको</span> <span class='c2'>उपाधि नेपाल पुलिसलाई</span>

कास्की, माघ २० । नेपाल पुलिस क्लबले १६ औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि अतिरिक्त समयको १० औँ मिनेटमा पुलिसलाई जिताउन राम बाजीले गोल गरेका हुन् । जितसँगै पुलिसले ७ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता बनेको थ्रीस्टारले चार लाख रुपैयाँमा चित्त बुझाएको छ । यस सिजन पुलिसको यो दोश्रो उपाधि हो । यसअघि उसले दाङमा भएको राखेप च्याम्पियनसिपको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्