एमाले भित्र नेता व्यवस्थापन समस्या : एक नम्बर प्रदेश सभामुखमा चार मध्य एक

एमाले भित्र नेता व्यवस्थापन समस्या : एक नम्बर प्रदेश सभामुखमा  चार मध्य एक

विराटनगर, २० माघ ।
माघ २२ गते सोमवार आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकले २९ गतेको सभामुख र फागुन ३ गते उपसभामुखको टुङ्गो लगाउने छ । तर त्यो भन्दा अगावै देखि राजनीति बृतमा सभामुख र उप सभामुखको नाम चर्चामा आउन थालिसकेको छ । मुख्य मन्त्रीमा आएका नामको चर्चा जस्तै गरि मुख्यमन्त्रीको नाम नटुङ्गिँदै सभामुखको नाम चर्चामा आएको हो । नाम चर्चामा आउनेमा भिम आचार्य, शेरधन राई, जवन घिमिरे र उषाकला राईको नाम चर्चामा छ । प्रदेश नम्बर १ मा एमाले एक्लैको बहुमत रहेकोले मुख्यमन्त्री र सभामुख पाउने छ। त्यस्तै उप सभामुखमा माओवादी केन्द्रका सरस्वती पोखरेल र उमिता बरायलीको नाम चर्चामा ल्याईएको छ । मुख्यमन्त्रीमा आकाक्षिहरु मध्य एकजनालाई मुख्यमन्त्री बनाएर अर्का एकलाई सभामुखमा ब्यवस्थापन गर्नेगरी तयारी भईरहेको एमाले श्रोत बताउँछ । त्यस्तै बाँकी रहेका एकजनालाई महत्वपुर्ण मन्त्रालय वा अन्य कुनै बिकल्पको खोजी भईरहेको बताईन्छ । (नयाँ पत्रिका दैनिकमा खबर छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्