विराटनगरको विकास निर्माण सुस्त, चार सय योजना मध्ये ४० योजना मात्र संचालनमा

विराटनगरको विकास निर्माण सुस्त, चार सय योजना मध्ये ४० योजना मात्र संचालनमा

विराटनगर, २२ माघ ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाको प्रथम नगर सभाले छनौट गरेको अधिकांश योजनाको काम अझै शूरु हुन सकेको छैन । ठुला प्रकृतिका २ सय भन्दा बढी योजना महानगरले पारित गरेको थियो । यस्तै योजना वडास्तरका २ सय भन्दा बढी पारित भएका थिए । ति मध्ये साना–ठुला गरी करिब ४० योजनाको काम मात्रै शुरु भएको छ । चालु आर्थिक बर्षको ७ महिना बित्न लाग्दा समेत १० प्रतिशत योजनाको पनि काम शुरु भएको छैन ।सडक, ढल र अन्य पुर्वाधार विकास कार्यक्रम अन्तरगत १५ करोड ८४ लाख ७५ हजार लागतको ८५ योजनाको काम कुन प्रक्रियामा गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । यस्तै विद्युतीकरण, विद्युत निर्माण सम्बन्धी योजना सञ्चालनका लागि नगर सभाले ५ करोड ५९ लाख ५३ हजार बजेट बिनियोजन गरेको छ । तीमध्ये कतिपय योजनामा विद्युतीय सामाग्री खरिद गर्नुपर्ने भएपनि त्यसका लागि प्रक्रिया अघि नबढेको महानगरले जनाएकोछ । कार्यालयमा व्यवस्थित पार्किङ निर्माणको लागि १ करोड, वडा नम्बर ३ को अधु्रो भवन निर्माणमा ४० लाख र वडा नम्बर १३,१६ र १७ को भवन निर्माणको लागि विनियोजित १ करोड ६० लाखको योजना सञ्चालनको प्रक्रिया शुरु भएको छैन ।
गत बर्ष भन्दा सुस्त
महानगरले सञ्चालन गर्ने अधिकांश योजना शुरु भएको छैन। गत आर्थिक बर्षमा यो अबधिमा ५० प्रतिशत योजनाका काम अघि बढी सकेको थियो । तर चालु आर्थिक बर्षको सोही समयमा १० प्रतिशत पनि काम शुरु नभएको आजको कान्तिपुरमा खबर छ । जन प्रतिनिधि आएपछि कामले गती लिएला भनेर पखिएर बसेका नगवासीमा अहिलेको यो तथ्यांकपछि अन्याल्ेमा छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरमा विकासको प्रतिफल देखिनेगरी जनसहभागिता जुटाउन उपभोत्ता समितिलाई पहिलो प्राथमिकतामा राख्ने नीति लिईएकोले काममा केही ढिलाई भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्