प्रदेश १ को संसद वैठक आज (यस्ता छन् कार्यसुची)

प्रदेश १ को संसद वैठक आज (यस्ता छन् कार्यसुची)

सुमन सुस्केरा
विराटनगर, २२ माघ ।
एक नम्बर प्रदेशको पहिलो संसद बैठक आज हुँदैछ । पहिलो बैठकमा सहभागि हुनको लागि १४ वटै जिल्लाबाट प्रदेश संसदहरु विराटनगर आईसकेका छन् । हिजो साँझसम्म टाढा टाढाबाट संसदहरु बिराटनगर आई सकेका छन् भने झापा, मोरङ र सुनसरीका संसद भने ११ बजे सम्म संसद सभा भवन जिल्ला समन्वय समितिमा पुग्ने तयारीमा छन् । आज बस्ने संसद वैठकको सम्पुर्ण तयारी हिजो साँझ नै पुरा भईकेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको छ। ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ ब्यक्तिहरु पनि सभाहलमा राखिने गरि ब्यवस्थापन गरिएको छ । संसद भवन प्रवेशमा ५ किसिमको परिचय पत्र लागु गरिएको छ ।  प्रदेश सभामा प्रवेशका लागि संसद, मर्यादापालक, संचारकर्मी, आगन्तुक, विशिष्ठ नागरिक, पुर्व सांसदलाई सभास्थल प्रवेश पास वितरण गरिनेछ । सभाहल भित्रबाट स्थानीय र राष्ट्रिय टेलिभिजनले सभाहलको प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिईएको छ । पहिलो बैठकमा १ नम्बर प्रदेशलाई चिनाउने १४ वटै जिल्ला ऐतिहाँसिक तस्वीरहरु राखिने छ ।
वैठकमा यस्तो कार्यसुची
बैठक संचालन गर्ने बारेमा सर्बदलिय बैठकले शनीवार नै निर्णय गरिसकेको छ । वैठकको शुरुवाती अबस्थामा नै प्रदेश प्रमुखबाट प्राप्त पत्र बढेर सुनाईने छ । सभामुखको सहयोगको लागि बिभिन्न दलबाट ५ सदस्यीय अध्यष मण्डल गठन गरिने, अधिवेशनमा शुभकामना मन्तब्य ७ जनाले राख्नेछन् । प्रदेश सभामा सहभागि दलहरु मध्यबाट ६ जना र १ जना स्वतन्त्र रहने संसद सचिवालयले जनाएको छ । वैठकले सभा संचालन सम्बन्धी अन्तरिम कार्यविधि पास गर्नेछ । संसद सचिवालयका अनुसार, पहिलो वैठकमा सरकार बनिनसकेको अबस्थामा संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदलाई ठुला दलका सांसदलाई दाहिने तिरबाट बसाईने छ । त्यसपछि साना दलका सांसद बस्नेछन् ।
पहिलो वैठकमा एमालेको तर्फबाट भीम आचार्य, कांग्रेसका केदार कार्की, माओवादी केन्द्रका ईन्द्र बहादुर आङ्बो, राप्रपाकी ईन्दीरा राई, संघिय समाजवादी फोरम नेपालका जयराम यादव, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका विष्णु तुूम्वाहाम्फे र स्वतन्त्र सदस्य नारायण मगरले शुभकामना मन्तब्य राख्ने कार्यसुची तय भएको छ । १ नम्बर प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी ९३ जना सदस्य छन् ।
भवनको स्वरुपै फेरियो ।
केही दिन अघि सम्म अस्तब्यस्त देखिने जिल्ला समन्वय समितिको सभाहल अहिले चिटिक्क पारिएको छ । रंग रोगनले मात्र हैन मुख्यद्धार देखि नै चिटिक्क पारेर सजाईएको छ । निलो कार्पेटमा कुर्सीमा खोल हालेर सजाईएको छ । भिग्रिएर भत्किएका कुर्सीहरुलाई मर्मत संम्भार गरिएको छ । बत्ती मात्र जडान भएको छैन एसी समेत जोडिएको छ । अगाडी माला लगाएर सिँगारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्