सुमन सुस्केरा
विराटनगर, २२ माघ ।
प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव हुने भएको छ । केहीबेर अघि सकिएको प्रदेश समितिको बैठकले संसदीय दलको नेता छान्नको लागि निर्वाचनमा जाने निर्णय गरेको हो ।
निर्वाचन गर्नको लागि अधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । सदस्यमा प्रेम पोखरेल र टिकाराम पुरी रहेका छन् । संसदीय दलको नेता छान्नको लागि निर्वाचन २६ गते संसदीय दलको कार्यालयमा गर्ने समेत सहमती बनेको हो ।
संसदीय दलको नेतामा एमालेका भिम आचार्य, शेरधन राई र जीवन घिमिरे तिनै जनाले दाबी गरेपछि निर्वाचनमा जाने निर्णय भएको हो । यसैविच निर्वाचनमा जाने निर्णय भएपनि नेता तथा कार्यकर्ताबाटद सर्ब सहमतीको आधारमा जान दवाव दिईरहेको एमाले श्रोत बताउँछ ।