विराटनगरमा भएको पहिलो प्रदेश सभा बैठकको अबस्था सहितको स्थलगत रिपोर्ट..

<span class='c1'>विराटनगरमा भएको पहिलो प्रदेश सभा </span> <span class='c2'>बैठकको अबस्था सहितको  स्थलगत रिपोर्ट..</span>

एक नम्बर प्रदेशको पहिलो संसद बैठक २९ गते बस्ने निर्णय गर्दै स्थगित भएकोछ । सोमबार बसेको पहिलो बैठकले प्रदेश सभा कार्य संचालन अन्तरिम कार्यविधि २०७४ पारित गर्दै सकिएको हो । त्यस्तै आजै बसेको बैठकले २९ गते सभामुखको निर्वाचन गर्ने समेत मिति तय गरेको हो । विराटनगरमा भएको पहिलो बैठकको अबस्था कस्तो थियो त ? सुमन सुस्केराको स्थलगत रिपोर्ट.......................... .


मर्यादा पालकहरु पोसाकमा नै संसद सभाभवनमा लामबद्ध थिए । भित्र पस्नेहरुलाई चेकजाँचको लागि मेटल डिटेक्टर मेसिन राखिएको थियो । भित्र संसदहरु पसेसँगै पीसचमको द्धारबाट पत्रकारलाई फोटो खिच्न दिईने ब्यवस्था मिलाईयो । पत्रकारहरु फोटो खिचेर बाहिरिए लगत्तै शुरु भयो संसद बैठक ।  दिउँसो १ बजे बोलाईएको बैठक झण्डै २० मिनेट ढिला गरी भण्टी बज्नासाथ सबै संसद हल भित्र पसेपछि एक बजेर २५ मिनेट जाँदा प्रदेश संसदको पहिलो बैठक शुरु भयो । जेष्ठ सदस्य ओम प्रकाश सरावगीको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षले प्रदेश प्रमुख डा गोबिन्द बहादुर तुम्बाहाङले पठाउनु भएको पत्र बढेर सुनाए ।


भित्र संसदको कार्वाही अघि बढी रहेको थियो । त्यही बिचमा सबै दलहरुलाई शुभकामना राख्न दिने सभाध्यक्षको आदेश अनुसार संसदमा प्रतिनिधित्व गर्ने ६ दलसँगै एक स्वतन्त्रलाई शुभकामना राख्न समय दिईएको थियो । संसदमा बोल्ने अधिकांश सदस्यहरुले एक नम्बर प्रदेशलाई ७ प्रदेश भन्दा समृद्ध र नमुना प्रदेशको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । नेकपा एमाले प्रदेश सभा सदस्य भीम आचार्यले लामो समय संघर्ष पछि प्राप्त भएको उपलब्धीसँगै अब विकास र निर्माणको दिसामा अघि बढ्नु पर्ने बताए ।
आचार्यको मात्र हैन संघिय समाजवादी फोरमबाट प्रतिनिधित्व गर्नुभएका संसद जयराम यादवले पनि लामो समय सम्म स्थिर सरकार नहुँदा धेरै विकासका कामहरु ओझोलमा परेकोले अब १ नम्बर प्रदेशमा ५ बर्ष सम्म स्थिर सरकार बनाउने जनादेश दलहरुले प्राप्त गरेकोले अब समृद्धीका पाईला अघि बढेको स्पष्ट पारे ।
बैठकमा कांग्रेसका संसद चन्द्रपसाद श्रेष्ठ, एमाओवादी केन्द्रका ईन्द्र बहादुर आङ्बो, संघिय लोकतान्त्रीक मञ्चका विष्णु तुम्बाहाङ, राप्रपाका ईन्दीरा राई र स्वतन्त्रका नारायण मगरले शुभकामना दिँदै अबको देशको विकासमा सबैदलहरु एक भएर अघि बढ्नुको बिकल्प नरहेको औल्याए ।
पहिलो बैठक भएको कारणले पनि संसद बैठक कस्तो होला भनेर धेरैसांसद अन्यौलमा थिए । प्रदेश सभा भवन भित्र प्रवेश गर्नको लागि हतारो जस्तो देखिएका सांसदहरु भित्रबाट बाहिर निस्कँदा फुर्सदिला देखिन्थे । पहिलो संसद बैठकमा भाग लिन जाँदै गर्दा कतिपय अनुभवी नेता थिए भने कोही नयाँ अनुहार । त्यही नयाँ अनुहार मध्यका सोलुखुम्वु (ख)बाट आएका थिए सांसद बुद्धकुमार राजभण्डारी । उनले शेर्पा भेषमा सजिएर पहिलो संसद बैठकमा भाग लिए । उनले भने सबै जानजातीले पहिचानको नारा लगाई रहेको अबस्थामा आफु एक्लैले अब हरेक बैठकमा फरक फरक जातजातीको पहिरनमा संसद बैठकमा सहभागिता जनाउने बताए ।
यसरी ताप्लेजुङ देखि सोलुखुम्वु अनी झापा देखि संखुवासभा सहित १४ जिल्लावाट आएका ९३ जना सबैका एकै खालका आवाज थिए अब देशलाई विकासको नयाँ धारमा लैजानु पर्छ । १ नम्बर प्रदेश कृषि, जल, प्राकृतिक सम्पदा, भौगोलिक अबस्थितीले सम्पन्न रहेकोले अन्य प्रदेश भन्दा सँधै अगाडी हुने संसदहरु बताउँदै थिए । मोरङ प्रदेशसभा (ख) का जीवन घिमिरे भन्छन्, प्रदेश सभाको पहिलो बैठकमा यसरी सहभागी हुनु देश र जनताको लागि सुखद अनुभुतीको बिषय हो । अब जनताको मन जित्नेगरी काम गरेर देखाउनु पर्नेमा संसदहरु बताउँछन् ।
पहिलो बैठकले प्रदेश सभा नियमावली नबन्दासम्मको लागि प्रदेश सभाको कार्य संचालन गर्न प्रदेश सभा संचालन अन्तरिम कार्यबिधि २०७४ पास गरिएको छ। संघिय सचिवालयबाट आएका सहसचिव धु्रव घिमिरेलाई प्रदेश सचिवालयको सचिवको लागि अख्तियारी दिईएको छ।

प्रदेश सभा संचालन अन्तरिम कार्यबिधि २०७४ अनुसार सभामुख र उप सभामुुखको अनुपस्थितीमा प्रदेशसभा संचालन गर्नकोलागि गणेश कुमार काम्हाङ, प्रताप प्रकाश, राम कुमार राई, राधा थापा र बिष्णु तुम्बाहाम्फेलाई तोकिएको छ। संसदहरुको केही आशा र केही निराशाका बिच शुरु भएको पहिलो संसद बैठकसँगै विकासका एजेण्डा सबै संसदको एकै खालको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्