विराटनगरका उद्योगीका समस्या जोगवनीको मिरगञ्ज पुल

<span class='c1'>विराटनगरका उद्योगीका समस्या</span> <span class='c2'>जोगवनीको मिरगञ्ज पुल</span>

विराटनगर, २३ माघ ।
विराटनगरका ब्यवसायी र वाणिज्यमन्त्री बिच विराटनगरमा छलफल भएको छ । मोरङ व्यापार संघले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा वाणिज्यमन्त्री मीन विश्वकर्माले चीन र भारतसँग कूटनीतिक अर्थतन्त्र नीति लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । तर विरागनगरका ब्यवसायिका पिडा भने फरक थिए । ब्यवसायीले भारतको जोगवनीमा रहेको मिरगञ्जको पुल मर्मतमा भारतीय पक्षले चासो नदिएको गुनासो गरे । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले भारतको मिरगञ्ज खोलाको पुल नबनाउँदा व्पापारीहरुले प्रत्येक ट्रकको ५० हजार बढी लागत तिर्नु परेको समस्या सुनाए । मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले कोलकता पोर्टमा नेपालका लागि तेस्रो मुलुकबाट आयात हुने माल बस्तु ढुवानी गर्दा रेल्वेको सुविधा नभएका कारण कन्टेनरबाट ल्याउन बाध्य हुनु परेको सुनाए ।
कार्यक्रममा उद्योगी महेश जाजु, विराट व्यापार संघका अध्यक्ष शिव रिजाल लगायतले व्यापारीहरुले भोग्नु परेका समस्याहरुको जानाकारी गराए ।
वाणिज्यमन्त्री विश्वकर्माले दुवै देशसँग स्थायी नीति बनाएर अगाडि बढ्न सकेमात्र देशलाई व्यापार व्यवसाय गर्न सहज हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्