अनेरास्ववियुद्धारा विराटनगरमा एक नम्बर प्रदेशका ५१ जना संसदलाई सम्मान

<span class='c1'>अनेरास्ववियुद्धारा विराटनगरमा एक नम्बर प्रदेशका</span> <span class='c2'>५१ जना संसदलाई सम्मान</span>

विराटनगर,२३ माघ । नेकपा एमालेवाट विजयी हुनु भएको प्रदेश नं १ का प्रदेश सदस्यहरुलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश संगठन कमिटीद्धारा आयोजित कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक तर्फवाट विजयी ५१ जना सदस्यहरुलाई सम्मान तथा वधाई ज्ञापन गरिएको हो।

नेकपा एमाले केन्द्रिय सचिव एवम् सांसद योगेश भट्टराईले सम्मान पत्र वितरण गर्दै प्रदेशमा रहेको जलश्रोतको अपार भण्डारको उचित व्यवस्थापन गरी जनताको आर्थिक सम्वृद्धि निर्माण तर्फ प्रादेशिक सरकार लाग्नु पर्नेमा जोड दिए।
नेकपा एमाले पोलिटव्यरो सदस्य एवम् सांंसद लालवावु पण्डितले अव निर्माण हुने प्रदेश र संघीय सरकारले सरकारी विद्यालय तथा क्याम्पसमा कार्य गर्ने स्थायी शिक्षकलाई निजी क्षेत्रका विद्यालयमा अध्यापन गर्ने कार्यमा रोक लगाउनु पर्ने नीति आवश्यक रहेको औल्याए । नेकपा एमालेका सांसद भानुभक्त ढकालले एमालेको सहीनेतृत्व र विचारले प्रदेश र संघिय संसदको निर्वाचनमा विजय प्राप्त भएको वताउदै जनताको विकासको चाहनालाई सवै एकजूट लाग्नु पर्ने बताए ।
नेकपा एमाले १ नं प्रदेश संयोजक एवंम प्रदेश सदस्य भीम आचार्यले आगामी सरकारले ७० प्रतिशत प्राविधिक तथा ३०प्रतिशत साधारण शिक्षा अध्ययन गर्ने नीति ल्याएमा देशको उद्योग, जलविद्युत् तथा आधुनिक कृषिका दक्ष जनशक्ति उत्पादन हुने धारणा व्यक्त गरे ।
पूर्व मंन्त्री एवम् सभासद शेरधन राईले प्रदेश सरकारले स्थायी शान्ति र सुशासन कायम गरी जनताको विकास र सम्वृद्धिको चाहना पुरा गर्ने कार्यमा सवैएकजुट भै लाग्नु पर्ने वताए । नेकपा एमाले मोरङ्गका अध्यक्ष विनोद ढकालले रोजगारीमूलक शिक्षामा जोड दिई विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै रोजगार दिने कार्यमा आगामी सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।
अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामाले शिक्षा क्षेत्र तथा विश्वविद्यालयमा देखिएको विकृती हटाउनु पर्नेमा जोड दिए । अखिलका १ नं प्रदेश संयोजक वसिम आलमको सभापतित्वमा भएको वधाई सम्मान कार्यक्रममा मकर खडका, भाष्कर खनाल र रामशरण चौधरीले आगामी सरकारले प्राविधिक शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिनु भएको थियो । सोही अवसरमा उत्कृष्ट कार्य गर्ने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन इलाम,सोलुखुम्वु र सुनसरी जिल्लाका विद्यार्थी संगठनलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्