राष्ट्रिय सभा निर्वाचन आज, विरेन्द्र सभागृहमा १० बजेदेखि मतदान हुने

<span class='c1'>राष्ट्रिय सभा निर्वाचन आज, विरेन्द्र</span> <span class='c2'>सभागृहमा १० बजेदेखि मतदान हुने</span>

विराटनगर, २४ माघ ।
राष्ट्रिय सभाको निर्वाचनको आज हुँदैछ । १ नम्वर प्रदेशमा विरेन्द्रसभागृह मतदान केन्द्रमा मतदान हुने छ । तिन सय ६७ जना मतदाता रहेको एक नम्बर प्रदेशको विरेन्द्र सभागृह मतदान स्थलमा संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग बहादुर कटुवालको मृत्यु भएको कारण ३ सय ६६ जनाले मतदान गर्नेछन् ।
यसरी भोट हाल्नुस्
राष्ट्रिय सभाको निर्वाचन अन्य निर्वाचनभन्दा फरक रहेको निर्वाचन आयोगले जनाएको छ । अन्य निर्वाचनमा मतदाताले स्टाम्प प्याड र स्वस्तिक चिन्ह प्रयोग गर्दै आएकोमा यो निर्वाचनमा रेजा चिन्ह लगाएर भोटहान्नु पर्ने हुन्छ । निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उप–प्रमुखको छुट्टा छुट्टै मतदान केन्द्र हुने जानकारी दिए ।
क्षेत्रीय निवाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सदस्य विचको मतपत्र समेत फरक हुने जानकारी दिए । ‘यो निर्वाचनमा रातो र हरियो गरी दुई किसिमको मतपत्र हुन्छ , उनले भने, हरियोमा प्रदेश सभा सदस्यले भोट हाल्नेछन् भने रातो मतपत्रमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले भोट हाल्नेछन् ।’
यसरी हालिएको मतको मतभार समेत फरक हुनेछ । स्थानीय तहको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने ब्यवस्था गरिएको छ । त्यसैको आधारमा आज बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म मतदान गर्ने ब्यवस्था मिलाईएको उनले जानकारी दिए । प्रदेश सभा सदस्य ९३ जना र स्थानीय तहका अध्यक्ष उपाध्यक्ष २ सय ७३ जनाले मतदान गर्नेछन् ।
यि सबै निर्विरोध ः
राष्ट्रिय सभामा निर्वाचनमा १ नम्वर प्रदेशबाट ६ जना निर्विरोध निर्वािर्चत भईसकेको छन् । राष्ट्रिय सभा निर्वाचनमा ३ जना महिला समुह र ३ जना अन्य समुहबाट निर्विरोध निर्वा्चित भईसकेका हुन । निर्विरोध निर्वाचन हुनेमा महिला कोटाबाट एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) र काँग्रेसकी सरिता प्रसाई (झापा)का रहेका छन् । अन्य समुहबाट निर्वा्चित हुनेमा एमालेका पर्शुराम मेघी गुरुङ (संखुवासभा), हरिचरण सिवाकोटी (झापा) र नेपाली काँग्रेसका रमेशजंग रायमाझी (मोरङ) पनि निर्विरोध निवार्चित भईसकेका हुन ।
यी दुईमा चुनाव ः प्रदेश नम्बर १ मा अल्पसंख्याक, दलित र अपाङगता भएका समुहमा मात्र निर्वाचन हुने छ । मतदाताले भोट हाल्नको लागि पनि उम्मेदवरा थोरै भएको कारण सजिलो हुने छ । निर्वाचन अधिकृतको कार्यालयले आजै दिउँसो ४ बजे देखि मत गणना शुरु गरेर ६ बजे सम्म परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्