मोरङको कटहरीमा देखियो सबैलाई झस्काउने विहे

<span class='c1'>मोरङको कटहरीमा देखियो</span> <span class='c2'>सबैलाई झस्काउने विहे</span>

मोरङ, २४ माघ ।
बाह्य संस्कृतिको चपेटामा परेर मौलिकता वैवाहिक पद्धतीमा प्रतिकुल असर पर्न थालेपछि मोरङका विराट–राजवंशी समुदायले त्यसको संरक्षणमा लागेका छन् । परम्परागत विवाहको संस्कार भुल्दै गएको भन्दै चौतर्फीकुराहरु आई रहँदा राजबंशी समुदायले गर्ने विवाहको परम्परागत शैली सिकाउन सार्वजनिक स्थलमै नाटकिय विवाह गराए । सुमन सुस्केराको स्थलगत रिपोर्ट..........

दिउँसोको २ बजेको थियो । कोही बाजा बजाउँदै गरेका कोही नाच्दै गरेका अनी एकातिर बेहुला र बेहुली सजाएर राखिएका । खुल्ला चौरमा टेबुलमा बत्ति बालिएको अनी सँगै रहेका बेहुला बेहुलीलाई पुजा गरेर टिका लगाउँदै गरेका स्थानीय । बेहुला ८ बर्षिय बालक तनुज राजवंशी र बेहुलीमा ६ बर्षिय बालिका कृष्टी राजवंशी बेहुला र बेहुलीको भुमिका निर्वाह गर्दै गरेका । मोरङको कटहरी १ स्थित खुला चौरमा देखिएको यो दृश्यले हामीलाई अचम्ममा पा¥यो । खुला चौरमा बेहुला र बेहुली दुवै पक्षका सयौं ब्यक्तिहरुको उपस्थितिले चौर भरिएको थियो । कोही रुँदै गरेको जस्तो पनि त्यही भिडमा देखिन्थ्यो । राजबंशी समुदायको सांस्कृतीक पोशाकमा सजिएर महिलाहरु यताउती गरिरहेका थिए । हामी त्यही रमिता हेरिरहेका थियौ । आखिर भएको केहो भन्नेमा अन्यौल नै थियौ । एकैछिनमा पुगिहाले सोही क्षेत्रमा प्रदेश सांसद जीवन घिमिरे । अनी त्यही कार्यक्रममा कटहरी गांउपालिका वडा नम्बर १ का अध्यक्ष कपुरलाल माझी पनि देखिए । विधिविधानपुर्वक बैवाहिक कार्यक्रम अघि वढी रहेको थियो । यसरी आयोजना भएको यो विवाह कार्यक्रम कुनै वाल विवाह नभई विराट–राजवंशी समुदायले आफ्नो संस्कृतीको संरक्षणको लागि परम्परागत विवाहको जानकारी दिन यो कार्यक्रमको आयोजना गरेको थियो ।
राजबंशीको मौलिक परम्परा हराउन थालेको भन्दै स्थानीय युवाहरुको पहलमा यसरी परम्पराको संरक्षणको लागि नाटकिय रुपान्तरण गरी खुल्ला ठाउँमा विवाह भोज सहितको गाउँ भरीका सहभागी भएर पुताहतान्तरणको रुपमा परम्पराको सिको सिकाएको अगुवाहरुले बताए । समुदायका मौलिक विवाह पद्धति युवापुस्ताले बिर्सन थालेपछि त्यसलाई जोगाउन नाटकिय विवाहको आयोजना गरिएको स्थानीयको भनाई छ । पुराना परम्परा हराउँदै जान थालेपछि त्यसलाई जोगाउनको लागि विराट राजबंशी समुदायले यो विवाह गर्ने परम्परा सिकाएको स्थानीय कटहरी १ की रेखा राजबंशीले बताईन् ।
यो अबसर राजवंशी यूवा समाज र योङ हर्ट ग्रूपले संयुक्तरुपमा उपलब्ध गराएको हो । यसरी नाटकिय रुपमा गरिएको विवाहमा विराट–राजवंशी समुदायले अपनाउने सम्पुर्ण विधि अपनाईएको थियो । डलसज्जी, लाबा भुजाई, कसाकुटी, चुमाओन, सिनुरदान, सम्धी मिलाओन, बिदागरी लगायतका सबै बिधि र प्रक्रिया देखाईएको थियो । यसरी देखाईएको विवाह प्रक्रियाको बारेमा जान्न पाउँदा स्थानीय युवाहरु उत्साहित देखिन्थे । विराट राजबंशी समाज उत्थान समिति सचिव बसन्त राजबंशीले परम्परा संरक्षणको लागि यसरी कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
यसरी विवाह भईरहेको स्थानमा पुगेका प्रदेश सांसद घिमिरे शुरुमा त अलमलमा परेर फर्किन खाजेका थिए । तर यसको भित्री कुरा थाहा पाएपछि उनी उत्साहित देखिन्थे । उनले भने, यसरी समुदाय स्तरबाट राजबंशी समुदायले शुरु गरेको संस्कृतीको संरक्षणले पहिचानका मुद्धालाई बलियो बनाउँछ ।
यसरी संस्कृतीको संरक्षण गर्नको लागि आयोजना गरिउको नाटकिय विवाह हेर्न कटहरी गाउँपालिका तथा बिराटनगर महानगरपालिकाका बिभिन्न जातजातीका सर्बसाधारणको उपस्थिती थियो । पछिल्ला दिनहरुमा मौलिकता झल्कने पुराना परम्परा र संस्कृती हराउँदै जाँदा त्यसको संरक्षणमा युवापुस्ता लाग्नुलाई सकारात्कम रुमा लिन सकिन्छ । तर यो नै स्थानीत्व भने हैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्