जनकपुरमा नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास

<span class='c1'>जनकपुरमा  नवविवाहित महिलालाई मट्टीतेल छर्केर</span> <span class='c2'>जिउँदै जलाएर हत्या गर्ने प्रयास</span>

जनकपुर,  २४ माघ । धनुषाको जनकपुर उपमहानगरपालिका–२, किशोरी नगरकी २२ वर्षकी रञ्जना शर्मा हत्या काण्डको घटना सेलाउन नपाउँदै पुनः अर्की नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले जीउमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् । हजाराको टाउकोभन्दा तलको शरिरको सम्पूर्ण भाग जलेर गम्भीर घाइते भई उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।

हजरा क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरका स्थानीय अलिशेख कवारीका २४ वर्षका छोरा रसिद राइनकी श्रीमती हुन् । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारको लागि अस्पताल पठाएको थियो ।

घटना स्थलाबाटै प्रहरीले हजराका पति रसिदलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना गएको शनिबार बिहान ९ बजेको हो ।  माइतीपक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिवारका सम्पूर्ण सदस्यले मट्टीतेल छर्केर जीउदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँच जना विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।

हजराकी आमा जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन माथि उजुरी दिनुभएको प्रहरीले जनाएको छ । तर प्रहरीले हालसम्म हजराका श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार छिमेकहरुले हजरा आफैले आगो लगाएको बताएका छन् ।

तर हजराका बुवा सकुर राइनले परिवारकै सबै जना मिलेर छोरीलाई जलाएर मार्ने प्रयास गरेको र छोरी होसमा आएपछि आफूलाई सबै कुरा सुनाएको बताए । ‘घरपरिवारका सबै जनाले मलाई जबरजस्ती समातेर घरमा लगे । जीउमा जबरजस्ती मट्टीतेल छर्केर आगो लगाएर कोठा थुनेर भागे, म चिच्याइ रहेँ । कसैले सुनेनन्। आगोले जलेर म बेहोस् भएँ । त्यसपछि के भयो मलाई थाहा भएन’,  हजाराका बुवाले छोरीले आफूलाई यस्तो सुनाएको बताए ।

बुवा सकुरका अनुसार केही महिनादेखि पतिसहित घरपरिवारले हजरालाई नराख्ने र सम्बन्ध विच्छेद गर्ने भन्दै यातना दिँदै आएका थिए । त्यस पश्चात आफूहरुले प्रहरीमा उजुरी दिएपछि गएको पुस ३० गते मात्र जिल्ला प्रहरी कार्यालय धनुषा भित्र रहेको महिला तथा बालबालिका कार्यालयमा छलफल हुँदा हजाराका माइतीपक्ष र पतिपक्षबीच आउँदा दिनहरुमा यातना नदिने र हजरालाई १२ दिनभित्र नागरिकता समेत बनाइदिने सहमति भएको थियो ।

‘सहमति भएको एक महिना पनि बितेन, १२ दिनमा छोरीलाई नागरिकता पनि बनाईदिएन् । उल्टै माघ २० गते घरपरिवारले मट्टीटेल छर्केर हत्या गर्ने प्रयास गरे’, हजाराका बुवा सकुरले दुखेसो पोख्दै भने‘छलफल भएर गएपछि मैले छोरीलाई एउटा मोवाइल र सिमकार्ड दिएको थिएँ, बेला–बेला फोन गर्नु भनेर, तर त्यो मोवाइल पनि घरपरिवारले खोसेर यातना दिन छोडेनन् । अन्तमा त ज्यानै मार्न यत्रो ठूलो घटना भयो ।’

बुवा सकुरका अनुसार २ वर्ष ६ महिनाअघि मात्र तीन लाख नगद, तीन तोला सुन र एक सय तोला चाँदी दाइजो दिएर छोरी हजारको रसिदसँग विवाह गरिएको थियो । विवाहको एक वर्षपछि ज्वाँई रसिद वैदेशिक रोजगारमा कतार गएर डेढ वर्षपछि  पुसमा घर फर्केपछि छोरी हजरालाई सबैले यातना दिन थालेको पीडित हजारका बुवा सकुरको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्