राष्ट्रिय सभाको निर्वाचन सकियो , तिन सय ६४ जनाले मतदान गरे

<span class='c1'>राष्ट्रिय सभाको निर्वाचन सकियो , तिन</span> <span class='c2'>सय ६४ जनाले मतदान गरे</span>

विराटनगर, २४ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक नम्बर प्रदेशमा तिन सय ६४ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचन २०७४ अन्तर्गत प्रदेश नं. १ निर्वाचनमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान १० बजे देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएकोमा निर्धारित समयमा प्रदेश सभा सदस्य मतदाता भएकोकेन्द्रमा पुरुष ६१ जना र महिला ३१ जना गरी जम्मा ९२ जनाले मतदान गरेका छन् । यो मतदान केन्द्रमा एकजनाको अनुपस्थीती देखिएको छ ।


त्यस्तै गाउँपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहेको केन्द्रमा पुरुष १सय ४१ र महिला १ सय ३१ गरी जम्मा २ सय ७२ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो मतदान केन्द्रमा पनि एकजनाको अनुपस्थित रहेको हो ।
निर्वाचनमा एक महानगर, २ उपमहानगर, ६० नगरपालिका सहित ७४ गाउँपालिकाका प्रमुख तथा उप प्रमुखले मतदान गरेका हुन । एक नम्बर प्रदेशमा एक सय ३७ स्थानीय तह रहेका छन् । स्थानीय तहको मत ४ हजार ९ सय २३ र प्रदेश सदस्यको मत ४ हजार ४ सय ६४ रहेको क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरले जनाएको छ । स्थानीय तहको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने ब्यवस्था गरिएको छ ।
प्रदेश नम्बर १ मा दलित, अल्पसंख्याक वा अपाङगता भएका समुहमा मात्र निर्वाचन भएको हो । २ सदस्यको लागि निर्वाचन प्रक्रियाबाट निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्