राष्ट्रिय सभा दलित सदस्यमा नेकपा एमालेका खेम नेपाली बिजयी, अल्पसंख्यकमा बान्तवा

<span class='c1'>राष्ट्रिय सभा  दलित सदस्यमा नेकपा</span> <span class='c2'>एमालेका खेम नेपाली बिजयी, अल्पसंख्यकमा बान्तवा</span>

विराटनगर, २४ माघ ।राष्ट्रिय सभा निर्वाचन अन्तरगत दलित सदस्यमा नेकपा एमालेका खेम नेपाली बिजयी हुनु भएको छ । ६ हजार २ सय ७० मत प्राप्त गर्दै नेपाली बिजयी हुनु भएको हो । त्यस्तै उहाँका निकतटम प्रतिद्धन्दी नेपाली कांग्रेसका विन बिश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा सदस्यमा ९२ र स्थानीय तहबाट २ सय ७२ जनाले मतदान गरेका थिए ।

त्यस्तै अपांगता/अल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद बान्तवा राई बिजयी भएका छन । राईले ६ हजार १३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत प्राप्त गरे । यो पदमा स्थानीय तहका १० र प्रदेशसभाका २ जनाको मत बदर भएको छ । राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसाई छन् । यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन् । विजयी उम्मेदवारलाई भोलि प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्