१ नम्बर प्रदेश सभामा प्रतिपक्षको भुमिका : पहिलो वैठकमै कांग्रेस अलमलमा

१ नम्बर प्रदेश सभामा प्रतिपक्षको भुमिका : पहिलो वैठकमै कांग्रेस अलमलमा

विराटनगर, २५ माघ ।
१ नम्बर प्रदेश संसदको प्रतिपक्षमा रहने निश्चित नेपाली कांग्रेसले २२ गतेको पहिलो प्रदेश संसद बैठकबाट शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो । २१ जना प्रदेश सभा सदस्य सहित प्रतिपक्षमा रहन लागेको कांग्रेस पहिलो संसद वैठकमा नै अलमलिएको र अपेक्षाकृत भुमिका निर्वाह गर्न नसकेको टिप्पणी हुन थालेको छ । माघ २० गते संसद सचिवालयमा बसेको सर्बदलिय वैठकले पहिलो संसद बैठकमा कांग्रेस संसदीय दलबाट मोरङ क्षेत्र नम्बर ६ प्रदेश २ का प्रदेश सभा सदस्य केदार कार्कीले सम्बोधन गर्ने निर्णय गरेको थियो । तय भईसकेको कार्कीको नाम अन्तीम समयमा फेरिएर समानुपातिकबाट प्रदेश सभा सदस्य बनेका चन्द्र प्रसाद श्रेष्ठले संसदलाई सम्बोधन गरेका थिए । तर श्रेष्ठको सम्बोधन तयार विनै भएको र संसदीय दलको उपस्थितीलाई फितलो बनाएको भन्दै कांग्रेस भित्रैबाट आलोचना भएको छ । (उद्घोष दैनिकमा खबर छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्