आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल नामिबियासँग खेल्दै

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल नामिबियासँग खेल्दै

काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल बिहीबार घरेलु टिम नामिबियासँग खेल्दैछ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो  सवा १ बजे बजेपछि सुुरु हुनेछ ।

नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको छ । नेपाली कप्तान पारस खड्काले नेपाली टिम हरेक खेलमा जित्नका लागि मैदान उत्रने बताएका छन् ।

नेपालले यसअघि पनि खेलिसकेको नामिविया बलियो टिम रहेको उनको भनाई छ । यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्