विराटनगर, २५ माघ ।
माओवादी केन्दू १ नम्बर प्रदेशमा उत्पन्न भएको विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीका ३ जना केन्द्रीय सचिवालय सदस्य सहित २९ जना पोलिटब्युरो सदस्याहरुले तत्काल अध्यक्ष प्रचण्डको उपस्थीतीमा प्रदेश सचिवालयको बैठक बोलाउन आग्रह गर्दै प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलाई पत्र बुझाएका छन् । गएको निर्वाचनमा वाम गठबन्धनको बिरोध गर्दै निस्क्रिय बनेका गोपाल किराँतीलाई कारवाहीको माग गर्दै यस अघि १९ जना पोलिटब्युरो सदस्यलेले अध्यक्ष प्रचण्डलाई उजुरी पठाउका थिए । त्यस यता पनि किराँतीकै अगुवाईमा पार्टीका गतिबिधि संचालन गर्ने प्रयास भएको भन्दै असन्तुष्ट बनेका नेताहरुले विराटनगरका प्रदेश संयोजक काफ्लेलाई तत्काल बैठक बोलाउन माग गरेका हुन ।